भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण

सरोज भट्टराई , १४७६८२  पटक हेरिएको

शिवसताक्षी । भारतको किसनगञ्ज स्थित डाकुपाडाको एक गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ ।

शिवसताक्षी नगरपालिकाको दमकले आज करिब ३ बजे उक्त गाउँमा आगो नियन्त्रणमा लिएको हो । झापाको कुञ्जीबारीबाट करिब ५ किमी दक्षिण नेपालको सिमावर्ती क्षेत्रमा आगलागी भएपछि शिवसताक्षी नगरपालिकाको दमकल घटना स्थलमा पुगेको थियो ।

दमकलका कर्मचारी हरिकृष्ण घिमिरेका अनुसार गौरीगञ्ज गाउँपालिकाका कर्मचारीबाट आगलागी भएको सूचना पाएपछि दमक सो क्षेत्रमा पुगेको हो । आदीबासी समुदायका बाल्लो घरहरु भएको स्थानमा आगाली हुदाँ ११ घर जलेर नष्ट भएको बताइएको छ ।

भारतबाट दमकल बोलाउँदा टाडाँ पर्ने र कनकाई नदिमा पुल नहुँदा समयमा दमकल आइनपुग्ने भएपछि नेपालबाट दमकल बोलाइएको स्थानीयबासीले बताए ।

शिवसताक्षी नगरपालिकाको दमक घटना स्थल पुग्दा ११ वटा घर जलिसकेको थियो भने, अन्य घरहरु बचाउन सफल भएको कर्मचारी घिमिरेले जानकारी दिए । आगलागीबाट करिब ४० लाखको क्षति भएको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०५-१३ , समय : २०:५७:५५ , २ वर्ष अगाडि

error: Content is protected !!