गर्मीका कारण झापाको कनकाईले विद्यालय बन्द गर्न दिएको आदेश हरिकुलले टेरेन

झापा एक्सप्रेस , ४४८७६  पटक हेरिएको

कनकाई, १९ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका अधिकाश पालिकाले विद्यालयहरु बिदा गरेपनि कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले भने नगरको आदेशको अस्विकार गर्दै विद्यालय सन्चालन गरेको पाईएको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले भन्दै आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बिदा गर्न सूचना जारी गरिएको नगरपालिकाले भनिरदा हरिकुलले भने त्यसको अटेर गरि बालबालिकाको स्वास्थ्य प्रती खेलवाड गरेको छ।

सोही विषयमा विद्यालयका प्रीन्सिपल सग जिज्ञासा् राख्दा अरु विद्यालयको थाहा भएन तर यतिको गर्मीमा हामी विद्यालय लगाउछौ । फेरि आगामी २२ गते विद्यालय कार्यक्रमको आयोजना गरेकाले पनि विद्यालय बिदा नगरिएको भन्ने जबाफ फर्काउनु भयो।

सोही विषयमा प्यापसन कनकाई नगर अध्यक्ष बिस्नु सुब्बाले भने नगरपालिकाले दिएको आदेश सबैले पालना गर्नै पर्ने र अहिलेसम्म अरु विद्यालय लगाउने जानकारी आफुलाई नआएको र काम विसेसले प्रदेश राजधानी विराटनगर गएकाले यसबारेमा बुजेर बताउने जानकारी गराउनुभयो।

यस्तै कनकाई शिक्षा शाखाका हरिप्रसाद मिश्रले भने नगरमा २० वटा निजि तथा १४ वटा सामुदायिक विद्यालय रहेका छन।
हामीले सबै निजी, सामुदायिक तथा धार्मिक विद्यालयमा अध्यन रत बालबालिका लाई आज एकदिन बिदा गर्न भनेको र भोलि शनिबार भएकाले त्यसको मैसमको ख्याल गर्दै नगरप्रमुख सगको सल्लाह बमोजिम अगाडी बड्ने बताउनुभयो ।

यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले भने हामीले नगरका सबै विद्यालयलाई बिदा दिन भनेको हो।
यसमा यदि कसैले विद्यालय लगाउछ भने भोलि बालबालिकामा केही स्वास्थ्यमा असर पुगे स्वयंम विद्यालयले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

उहाँले यदि नगरको आदेश नमान्ने विद्यालय लाई नगरको शिक्षा शाखाबाट लिखत स्पष्टीकरण माग्ने पनि बताउनुभयो।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले भन्दै आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी झापामा पालिकाहरुले दिनको समयमा लाग्ने सबै जसो विद्यालय बन्द गराएका गराएका छन।

यता हरिकुलका विध्यार्थीहरुमा भने गर्मीले सबै विद्यालय बिदा हुदा हाम्रो विद्यालय लागेको भन्दै विध्यार्थीहरुमा रुवावासी नै चलेको छ।

प्रकाशित मिति: २०२३-०६-०२ , समय : ११:३१:१८ , २ वर्ष अगाडि

error: Content is protected !!