कनकाई सामुदायिक वनमा फोहोर फाले न्युनतमपनि दस हजार जरिवाना

झापा एक्सप्रेस , ७८५५६  पटक हेरिएको

झापा-कनकाई नगरपालिका स्थित नेपालकै पहिलो समुदायमा हस्तान्तरण गरिएको सामुदायिक वन परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

कनकाई सामुदायिक वन समुहको अयोजना तथा यस क्षेत्रका दुईदर्जन भन्दा वढी सामाजिक तथा शैक्षिक संघसंस्थाको सह अायोजनामा विश्व बातावरण दिवस २०८० को अवसरमा सोमबार सुरुङ्गा वजार पश्चिम गोसलाईन वन क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

वन क्षेत्रमा अत्याधिक मात्रामा फोहोर थुप्रिन थालेपछि यसको निवारणका लागी सरसफाइ तथा जनचेतनामुलक कार्यक्रम अायोजना गरिएको बताउदै अवका दिनमा वन क्षेत्रमा जो कसैले पनी फोहोरमैला फालेको भेटिएमा जरिवाना सहित कानुनी कार्वाही गरिने कनकाई समुदायिक वनका अध्यक्ष ख्याम अोलिले जानकारी गराउनु भएको छ । त्यसैगरी वन क्षेत्रमा फोहोर फालेको सप्रमाण जोकोहीले सुचना सम्प्रेषण गरेमा सुचना दाताको नाम गोप्य राख्दै बिशेष पुरस्कार समेत प्रदान गरिने अध्यक्ष अोलिले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा बोल्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वन क्षेत्रमा जताततै फोहोर फ्याक्नाले वातावरणमा असर पर्नुका साथै समुदायमा बिभन्न किसिमका रुडि हैजा समेत फैलने भएकोले वन क्षेत्रमा फोहोर नफाल्न अनुरोध गर्नु भएको छ ।

नगरले बजार क्षेत्रमा हप्तामा तीन दिन फोहोर उठाउन गाडीको ब्यवस्था गरेकोहुदा सबैले अाअाफ्नो व्यवसाय तथा घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने बर्गिकरण गरि छुट्याएर राखी नगरको गाडिमा हालिदिन पनि पोखरेलले नगरवासिमा अनुरोध गर्नु भएको छ ।

यति हुदाहुदै पनि वन क्षेत्रमा फेरिपनी फोहोर फालेको भेटिएमा फोरमैला एेन बमोजिम कार्वाही गरिने वताउदै नगर प्रमुख पोखरेलले एेन हेरेर एेनमा अार्थिक जरिवाना तोकिएको भए सोही वमोजिम र नतोकेको अवस्था भएमा नगरले नितिवनाई कम्तिमा पनि रु दस हजार जरिवाना सहित थप कानुनी कार्वाही गरिने जानकारी गराउनु भएको छ । यसै विच पोखरेलले वनको सुरक्षाको निम्ति वनक्षेत्रको अतिअावाश्क क्षेत्रमा सिसि क्यामेरा र वत्ती जडान गरी निगरानी वढाईने पनि जानकारी गराउनु भएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर गरिएको कार्यक्रमको संयोजन उपभोक्ता समुहका सदस्य गणेश पोखरेलले गर्नुभएको थियो । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई वडा नं. २ , ३ र ४ का वडा अध्यक्षहरु क्रमश बलराम राई , युवराज चौलागाईं , रोशन सुवेदी , कनकाई सव डिभिजन वन कार्यलय सुरुङ्गाका रेन्जर याम बहादुर राना मगर , स्थानीय उपभोक्ता , सामाजिक तथा शैक्षिक ब्यक्तिहरु साथै विभिन्न संघ संस्थाहरुको सहभागीतामा भएको कार्यक्रमको सहजिकरण उपभोक्ता समुहको सचिव मान्तादेवी खरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : १९:२०:०७ , २ वर्ष अगाडि

error: Content is protected !!