झापा एक्सप्रेस , ४२५२२ पटक हेरिएको
चन्द्र बस्नेत
कनकाई-झापाको कनकाई नगरपालिका सुन्दर, सफा ,उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा जुट्न थालेको छ । आजबाट हरेक हप्ताको शुक्रबार बिहान कार्यलय खुले देखि कम्तिमा १० मिनेट देखि आधा घन्टासम्म नगर तथा सबै वडाहरुमा सरसफाइ अभियान नै सुरु गर्दै सुन्दर, सफा ,उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा जुट्न थालेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
हाम्रो ठाउँ राम्रो सफा आफै बनाउ भन्ने नारालाई प्रभाकारी बनाउन कनकाईलाई सुन्दर सफा नगरीका रूपमा पहिचान गराउन हरेक हप्ताको एकदिन शुक्रबार बिहान १० मिनेट देखि आधा घन्टा सम्म सबै सरकारी कार्यलय परिसरमा कर्मचारी बाटै सफाईअभियानमा जुट्ने कार्यको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
अभियानको सुरुवात गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले यो अभियान आज बाट निरन्तर चल्ने र जसले आफ्नो कार्यलय र शाखा सफा सुन्दर राख्छ त्यस्ता कर्मचारी तथा शाखालाई नै सम्मान तथा पुरस्कृत गरिदै लैजाने बताउनुभयो ।
आफ्नो ठाउँ आफै सफा राखु भन्दै फोहोरले विभिन्न रोग लाग्नुका साथै कार्यलय परिसरको सुन्दरता हराउने भएकाले पनि यो अभियान सुरु गरिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताउनुभयो।
आज पहिलो दिननै नगर तथा वडाका सबै कर्मचारीहरु संवत् स्फुर्त सफाई अभियानमा जुटेका थिए ।
नगर तथा वडाका सबै कर्मचारीहरुले कार्यलय परिसर देखि आ आफ्नो कार्यलय समेत सफाई गरिएको थियोे ।
नगरपालिकाले आगामी साउन १ गतेदेखि सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको छ। नगरप्रमुख पोखरेलले कनकाईलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्नुभयो।
प्रकाशित मिति: २०२३-०६-०९ , समय : २१:१२:२७ , २ वर्ष अगाडि