चन्द्र बस्नेत , १५६८२ पटक हेरिएको
झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका प्रत्येक वडाका कृषकले सिंचाईका लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता अन्त्यको लागि बोरिङका लागि मोटर वितरण गरेको बताउनु भएको छ।
उहाले कृषक तथा किसानले आकाशे पानीको मात्र भर पर्दा सोचे जस्तो कृषीमा उन्नती गर्न नसकेको बताउँदै त्यसको न्युनिकरणका लागि नगरले योजना बनाएरै अघि बढीरहेको बताउनु भयो।
प्रमुख पोखरेलले यसबर्ष र आगामी बर्षदेखि सिंचाईको समस्या नगरका कृषकले भोग्नु नपर्ने समेत बताउनु भयो। ‘कनकाई नगरपालिका कृषिलाई बढाउन आक्रमण तरिकाले अघि बढिरहेको छ’ नगर प्रमुख पोखरेलले भने ‘ कृषी पेशालाई बढाउन नगर लागिपरेको छ ।’
उहाँले निर्वाचनमा प्रतिवद्धता गरेका विकासका पूर्वाधार निर्माण, शिक्षा, बिद्युत विस्तारलगायतका सवै कार्य पूरा गरेको बताउनु भयो । उनले नगर कृषिमा केन्द्रीत भएर कृषकको समस्या र त्यसको समाधानको उपाय खोज्दै कृषिलाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाई छ ।
नगरले बिहीवार(आज) आयोजना गरेको साझेदारी कृषि तथा पशुपालन उद्यमशीलता परियोजना सिंचाई मोटर वितरण कार्यक्रममा नगर प्रमुख पाखरेलले प्रत्येक वडाका कृषकलाई मोटर वितरण गरिने जानकारी दिनुभयो।
झापाको कनकाई नगरपालिकाले प्रत्येक वडामा कृषकलाई कृषि सिंचाईका लागि आवश्यक गर्ने बोरिङ गर्न मोटर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
नगरको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा अभियान नेपालको सहजीकरणमा कृषकलाई ९४ वटा सिंचाईका लागि मोटर वितरण गरिएको हो ।
नगरले वडा नं. १, २, ३, ६, ७, ८ र ९ का कृषकलाई ९ वटाका दरले सिंचाईका लागि मोटर वितरण गर्ने जनाइएको छ भने क्षेत्रका आधारमा वडा नं. ४ लाई १३ र वडा नं. ५ लाई १५ सहित बिद्यालयलाई गरी ९४ वटा मोटर वितरण गर्ने जनाईको छ । कृषकलाई २ एचपी क्षमता भएको १७ हजार ८ सय ३४ रुपैयाँ ३५ पैसा मूल्य बराबरको मोटर वितरण गरिएको कार्यक्रम संयोजक हरि सिलवालले बताउनु भयो।
गत बर्ष पनि नगरका प्रत्येक वडाका कृषकलाई १० वटाका दरले मोटर वितरण गरिएको वडा नं. १ का पशु प्राविधिक रमेश घिमिरेले जानकारी दिनुभएको छ। उनका अनुसार कृषकलाई बाख्राका पाठा, निःशुल्क तरकाीको विउ, स्प्रे ट्याङ्की च्याप कटर मेशीनलगायतका सामाग्री वितरण गरेको छ ।
चाँडै नगरले मकै, छोडाउने, मकै रोप्ने र मकै गोड्ने मेशीन वितरण गर्ने तथा दूध बोक्ने ४० वटा ट्याङ्की वितरण गर्ने पशु प्राविधिक घिमिरेले जानकारी दिनुभयो।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएका कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाई, वडा नं. ८ का अध्यक्ष प्रेम कटुवाल, ९ का वडाअध्यक्ष प्रेम राजवंशी, कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, वडा नं. ४ का सदस्य रोशन सुवेदी, वडा नं. ४ का सदस्य छवि थपलिया, प्राविधिक संयोजक जीवन सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक सहजकर्ता चन्दा सिटौलाले गर्नुभएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२२-०३-२४ , समय : २०:२४:२७ , ३ वर्ष अगाडि