झापा एक्सप्रेस , ४०५५६ पटक हेरिएको
शितल अधिकारी
गौरादह-जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गौरादहले गौरादह वडा नं.४ स्थित श्री डोरामारी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । थ्री जिरो कल्व (3 ZERO CLUB) को सहयोगमा शुक्रबार एक कार्यक्रमका बीच विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थी भाई बहिनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
बालबालिकालाई पढाईप्रति थप आकर्षित पार्न कापी, कलम, पेन लगायतका शैक्षिक सामाग्री तथा विरूवा समेत वितरण गरिएको थ्री जिरो कल्वका संयोजक विक्रम कुमार तिवारीले बताए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीको प्रमुख आतिथ्यता, विद्यालयका प्र.अ केदार बहादुर भण्डारी तथा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड गौरादह शाखा प्रमुख युनिका कुमारी राजवंशीको उपस्थितीमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको थियो । प्रति विधार्थी २ वटा कापी, १ वटा सिसाकलम र १÷१ वटा कटर,इरेजर तथा विद्यालयलाई फोहोर व्यवस्थापनमा थप-सहजता प्रदान गर्न ६ थान डस्टविन साथै केहि थान विरुवा वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलसी कार्कीले विद्यार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने बताए । सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा टिम थ्री जिरो कल्वको तर्फबाट नविना सुवेदी, सितल अधिकारी तथा विद्यालयका शिक्षक, शिक्षिका, विधार्थी तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०६-२३ , समय : १६:५८:५९ , २ वर्ष अगाडि