झापा एक्सप्रेस , २५४१८ पटक हेरिएको
शरणामती –झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम १४ औं गाउँसभाबाट पारित गरेको छ ।१४ औं गाउँसभामा नीति तथा कार्यक्रमलाई अध्यक्ष जयनारायण साहले सभासदस्यहरु माझ पेश गर्नु भएको थियो ।
प्रस्ताव माथी गाउँसभा सदस्य फणिन्द्र खरेल,कुमार राई,राजकुमार कोच लगायतले आफ्नो राय राख्नु भएको थियो ।गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट भोली आइतबार प्रस्तुत गरिनेछ ।
गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ तल क्लिक गरेर पढ्नुहोस –
प्रकाशित मिति: २०२३-०६-२४ , समय : २०:१०:२७ , २ वर्ष अगाडि