झापा एक्सप्रेस , २५४४८ पटक हेरिएको
![](https://www.jhapaexpress.com/wp-content/uploads/2023/06/356543061_806288247468085_4935253960327681085_n.jpg)
जोसिला कार्की
१२ असार , इलाम /हरेक बर्षको जुन 26 तारीखका दिन मनाइदै आइरहेको बिश्व लागूपदार्थ ओसारपसार विरुद्ध दिवसको अवसरमा इलाम रोङ गाउपालिका वडा न.२ र नमस्ते ईन्स्टिच्युट बिर्तामोडको सहकार्यमा श्री शशी मा.वि. मा गरिएको लागूऔषध दुर्ब्यसन विरुद्ध अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ।
वडा न.२ का अध्यक्ष चन्द्रशेखर घिमिरेको अध्यक्षतामा युवा वर्गलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा शशी मा.वि. का कक्षा सात देखि कक्षा दश सम्म अध्ययनरत ६२ जना विद्यार्थी भाईबहिनीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बढ्दै गएको लागूऔषध दुर्ब्यसन र लतका बारेमा प्रशिक्षक डि .एल राजवङ्शीले आफ्नो अनुभवहरुलाई समेट्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो।
त्यस्तै कार्यक्रममा लागूपदार्थ सेवन बाट पीडित भइ हाल यसको लतबाट मुक्त हुनुभएका सौरभ क्षेत्रीले आफुले लागूपदार्थको लत लागेर गरेको गल्ती ,भोगेका पिडा , र अनुभवहरु सुनाउदै विद्यार्थी भाइबहिनीलाई यस्तो डरलाग्दो लतबाट टाढा रहन आग्रह गर्नुभयो । त्यसैगरी नमस्ते ईन्स्टिच्युट कै अर्का प्रशिक्षकले लागूपदार्थ के हो?कसरी यसको लत लाग्छ ? यसले हामीलाई के के असर गर्छ ?यसबाट बच्न के गर्नुपर्छ भनेर स्पष्ट पार्नुभएको थियो ।
लागूपदार्थ जसलाई हामी नशा भन्न सक्छौ यसले मानिसको केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पार्ने र प्रयोगकर्ताको सोचाइमा परिवर्तन ल्याउने प्राकृतिक एवं रासायनिक पदार्थ लागूऔषध हो । यसको सेवनले मानिसको दिमागलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी पुर्याउने गर्छ र स्वास्थ स्थिति बिगार्ने गर्छ । विशेष गरेर युवा वर्गहरुले बढी मात्रामा लागूपदार्थ सेवन गर्ने र संगतले पनि यो लत लाग्ने हुदा लागूपदार्थ ओसारपसार ,सेवन गर्दा हुने कानुनी कार्वाही र शारीरिक अस्वस्थता सम्बन्धि जानकारी गराइ त्यस्तो साथी सङ्गत र लागूऔषध सङ्ग टाढै रहनुपर्ने बताउनुभयो।
यस कार्यक्रममा वडा अध्यक्ष , शशी मा.बि का प्र.अ ,प्रहरी आदि ले लागूऔषध सम्बन्धि आफ्नो भनाइहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्मृति कार्कीले गर्नुभएको थियो।
प्रकाशित मिति: २०२३-०६-२७ , समय : ०८:५३:२१ , २ वर्ष अगाडि