झापाका भूमिहीनलाई जग्गाको निस्सा वितरण

झापा एक्सप्रेस , २९५८२  पटक हेरिएको

शरणामती-झापा गाउँपालिका वडा नम्बर एकका भूमिहीनहरुले जग्गाको निस्सा पाएका छन् ।

झापा गाउँपालिका,राष्ट्रिय भुमी आयोग झापा,ह्याविट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालको समन्वयमा भएको निस्सा वितरणमा वडा नम्बर १ का १९७ जना भुमिहिन दलित,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले निस्सा पाएका हुन् ।

झापा गाउँपालिकाको वडा नम्बर १ बाट बुधबार देखि थालीएको निस्सा वितरण असार २८ गते सम्म हुने बताइएको छ।वडा नम्बर एकका करिब ८३२ जनाले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको फारम भरेका छ्न।गाउँपालिकाले वडा एक देखि सुरु गरेको निस्सा वितरण कार्यक्रम क्रमस अन्य वडामा गर्ने बताएको छ।

आफुँले जोतभोग गरेको जग्गाको निस्सा पाएपछी स्थानीयले खुसी व्यक्त गरेका छन् ।

झापा-२ को रेडक्रसको सभाहलमा गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षता र राष्ट्रिय भुमी आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेको प्रमुख आतिथ्यतामा भएको निस्सा वितरण कार्यक्रमको संचालन वडा सचिव नारायण चम्लागाईले गरेका थिए।कार्यक्रमको स्वागत वडाध्यक्ष राजकुमार यादवले गरेका थिए।

प्रकाशित मिति: २०२३-०६-२९ , समय : ०८:३२:१० , २ वर्ष अगाडि

error: Content is protected !!