झापा एक्सप्रेस , ८११३८ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका-६ शरणामतीमा मंगलबार देखी सुरू भएको “शरणामती च्यालेन्ज कप”नकाउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा डाँगीबारी फुटबल क्लब,जामुनखाडी फुटबल क्लब र दाउरे फुटबल क्लब विजयी बनेका छन् ।
झापा सेभेन फुटबल क्लब शरणामतीको आयोजनामा जनता माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार भएको खेलमा लक्ष्मीपुर फुटबल क्लबलाई शुन्यका विरुद्द एक गोल लगाउदै डाँगीबारी फुटबल क्लब विजयी बनेको हो ।त्यस्तै दोस्रो खेलमा प्रेमटोल फुटबल क्लबलाई शुन्यका विरुद्द एक गोल लगाउदै जामुनखाडी फुटबल क्लब विजयी बनेको छ ।त्यस्तै बुधबारनै भएको तेस्रो खेलमा युथ स्टार बिर्तामोडलाई ट्राइबेकरमा १-३ गोलान्तरले पाखा लगाउदै दाउरे फुटबल क्लब विजयी बनेको छ ।
च्यालेन्ज कपमा प्रथम पुरस्कार नगद रु २५ हजार र द्वितीय पुरस्कार नगद रु १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ।त्यस्तै प्रतियोगितमा विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिप्पर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्स र सर्वाधिक गोलकर्ताले समेत पुरस्कार पाउने भएका छन् ।
प्रकाशित मिति: २०२३-०६-२९ , समय : ०८:५१:१२ , १ वर्ष अगाडि