जेष्ठ नागरिक भवन उद्घाटन

झापा एक्सप्रेस , ९५४५  पटक हेरिएको

शरणामती-जेष्ठ नागरिक संघ झापा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । आज सुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका प्रमुख जयनारायण साहले भवनको उद्घाटन गर्नुभएको हो ।

झापा गाउँपालिका वडा नं ६ को शरणामतिमा निर्माण गरिएको १ तले भवनको उद्घाटन गर्दै गाउँपालिका प्रमुख साहले जेष्ठ नागरिकहरुले सम्मान जनक रुपमा बाच्न पाउने अधिकारलाई सुनिश्चीत गर्नका लागि भवन निर्माण गरिएको बताउनु भयो।

उहाँले जेष्ठ नागरिकको सम्मान गर्ने झापा गाउँपालिकाको नीति अनुसार जेष्ठ नागरिकका लागि भवन निर्माण गरिएको बताउनु भयो ।

सहारा साकोस शरणामती जेष्ठ नागरिक चौतारी नामक उक्त भवन सहारा नेपाल साकोसले रु १० लाख,झापा गाउँपालिकाबाट रु ११ लाख र स्थानीय स्रोत जन सहभागिताबाट रु ३ लाख गरेर कुल २४ लाखमा निर्माण गरिएको हो।

भवन उद्घाटनकै अवसर पारेर भवन निर्माणमा सहयोग गर्ने जग्गादाताको समेत सम्मान गरिएको छ।स्थानीय लक्ष्मी उप्रेती,धनमाया बजगाई,रुद्र बहादुर खड्का,इन्द्र प्रसाद कोइराला र निर्मला कटुवाललाई सम्मान गरिएको हो।

जेष्ठ नागरिक संघ झापा गाउँपालिकाका अध्यक्ष गोपाल प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयनारायण साह रहनु भएको थियो ।वडाध्यक्षहरु हरिबहादुर बानीयाँ, दिनेश राजबंसी साथै जनप्रतिनिधी, समाजसेवी,वुद्दीजिवीहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन केशब बजगाईंले गर्नुभएको थियो।

भवन उद्घाटन कार्यक्रमको अवसर पारेर श्रीमद भागवत ज्ञान महायग्य पुराणको समेत आयोजना गरिएको छ।

प्रकाशित मिति: २०२२-०३-२५ , समय : १९:४०:२७ , ३ वर्ष अगाडि

error: Content is protected !!