महिला दिदीबहिनीले माओवादीलाई भोट नदिए पाप लाग्ने

झापा एक्सप्रेस , १४१६५  पटक हेरिएको

बिर्तामोड ।नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) मा विभिन्न पार्टी परित्याग गरी दर्जनौको संख्यामा पार्टी प्रवेश गरेका छन् । पार्टीको बिर्तामोड नगरपालिका वडा न. ९ को विस्तारित बैठक तथा निर्वाचन केन्द्रीत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको नगर उपाध्यक्ष जेबी जबेगुले जानकारी दिए ।

पार्टीका वडाअध्यक्ष रमेश डाँगीको अध्यक्षतामा बसेको विस्तारित बैठकमा झापा सह–इन्चार्ज सीपी कडरियाको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि कडरियाले एमसीसी वारे स्पष्ट पारेका थिए । उनले वर्तमान परिस्थितिको समिक्षात्मक विश्लेषण गर्दै एमसीसीका बिषयमा ब्याख्यात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा सिपी कडरिया, अरुण श्रेष्ठ, राजु आचार्य (अग्नि), मोहन सुब्बा, सुदिप खवास, छाया सिग्देल, रुद्र सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बत्ताहरुको सार चुनाव केन्द्रीत रहेको थियो ।

अरुणले आज माओवादीले गर्दा राज्यको हर निकायमा महिलाको ग्यारेन्टी भएको बताउँदै माओवादीले गर्दा नै त्यो अधिकार प्राप्त भएकाले महिला दिदीबहिनीले माओवादीलाई भोट नदिए पाप लाग्ने बताए ।

पार्टीका झापा संयोजक अग्निले माओवादीले पार्टीको एजेण्डा तलसम्म लान नसकेका कारण एमालेले कुहिएको पिठो बेचिरहेको र माओवादीले बास्मति चामल बेच्न नसकेको जिकिर गरे । ‘हामिले स्थापित काम किन भन्न सकिराखेका छैनौ’ उनले भने ‘कुनै हिचकिचाहट हामिले भन्न सक्नुपर्छ ।’

बिर्तामोड नगरको कार्य योजना सम्बन्धमा आफ्नो भनाई प्रस्तुत गर्दै नगर अध्यक्ष मोहन सुब्बाले नेकपा माओवादी नै किन ? भन्ने प्रश्न गर्दै उनले महिला, जनजाति, मधेसी, दलित, सर्वहारा, सुकुम्बासी सबै मुद्दा लिएर अघि बढेको पार्टी भएका नाताले माओवादी पार्टी आजको आवश्कता भएको बताए ।

स्वागत, केन्द्रको सर्कुलर वाचन तथा वडाको वस्तुस्थिति वारे वडा सचिव पदम तामाङले राखेका थिए । उनले कम्युनिष्टले क्रान्ति शुरु गरे यता बिर्तामोड ९ का मात्र ८ जना सहिद भएको जानकारी दिए । त्यसैको रापतापमा अहिलेको संविधान प्राप्त भएको र जुन संविधानमा समाबेशी, समानुपतिक, धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता र समाजवादसहित संबिधान दिएको उनको भनाई थियो । त्यो कुरा हुवबु जनतासामु लान जरुरी रहेको बताउँदै उनले जनता माझ उक्त कुरा लान नसकेको अवस्था भएको बताएका छन् ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), झापा संयोजक राजु आचार्य अग्नि), बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबी जबेगु, कमल कडरिया, नगर सचिव गणेश कालिकोटे, छाया सिग्देल, सुदिप खवास र जेष्ठ नागरिक सम्मानित ब्यक्तित्व रुद्र सुवेदीलगायतको उपस्थिति रहेको थियो । नगर कमिटी सदस्य शान्तिराम काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोही कार्यक्रमका बीच तुलसा मगरको अध्यक्षतामा ३५ सदस्यीय अनेम संघ(क्रान्तिकारी) वडा कमिटीसमेत गठन भएको जनाइएको छ ।

प्रकाशित मिति: २०२२-०३-२५ , समय : २०:११:४५ , ३ वर्ष अगाडि

error: Content is protected !!