सीमान्तकृत पत्रकार महिलाहरुको क्षमता विकासमा संचारिका समूह

झापा एक्सप्रेस , २६६५९  पटक हेरिएको

रोशन काफ्ले
झापा-संचारिका समूह झापाको प्रथम कार्यक्रम श्रावण ४ र ५ गते झापाको बिर्तामोडमा सुरु भएको छ । सीमान्तकृत पत्रकार महिलाहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम आज देखि २ दिन सम्म संचालन हुनेछ ।

FRIEDRICH EBERT STIFUNG अन्तर्राष्ट्रिय संस्थाको प्रमुख योजना संचारिका समूह नेपालको आयोजना र झापा शाखाको संयोजनमा सुरुभएको कार्यक्रममा प्रदेश १ भरिका पत्रकारहरुको उपस्थिति रहेको छ । उक्त कार्यक्रममा झापाकी क्रियासिल अग्रज महिला पत्रकार सुशीला संग्रौला सम्मानित भएकी छन ।

झापा विर्तामोडको होटल ह्याभनमा सुरुभएको २ दिने गोष्ठीको पहिलो दिनको कार्यक्रममा संग्रौला सम्मानित भएकी हुन । सम्मानित संग्रौलालाई कार्यक्रमको प्रमुख अतिथी उपसभामुख इन्दिरा रानामगरले दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरेकी हुन ।

दुई दिन सम्म चल्ने कार्यक्रमको प्रमुख अतिथी उपसभामुख इन्दिरा राना मगर , विषेश अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , विषेश अतिथि हरु राष्ट्रिय अनुसन्धान आयोग झापाका प्रमुख तुलसी प्रसाईं
झापा प्रहरी प्रमुख दुर्गा राज रेग्मी ,बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला , नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरि नेपाल सरकार प्रदेश बिज्ञापन बोर्डका सदस्य पवन अधिकारी लगायत विभिन्न राजनैतिक दलका पदाधिकारीको आतिथ्यमा कार्यक्रम सुरुभएको हो । माननीय उपसभामुख इन्दिरा रानामगरले फूलमा पानीहालेर कार्यक्रमको उद्घाटन गरेकी हुन ।

संचारिका समूह नेपालकि केन्द्रिय अध्यक्ष बिमला तुम्खेवा सभापतित्व तथा कार्यक्रम संचारिका समूह नेपाल झापाको संयोजनमा कार्यक्रमको संचालन भैरहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले पत्रकारहरुले सुसासन ल्याउने , देशको आमूल परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्दै आएकोर अझ शसक्त भुमिका खेल्नु पर्ने बताइन ।संचारिका समूह झापाकी अध्यक्ष पत्रकार लिला अनमोलले स्वागत मन्तव्य राखेकी कार्यक्रमको उद्घोषण संस्थाकी कोषाध्यक्ष सविना सुब्बाले गरेकी हुन ।

प्रकाशित मिति: २०२३-०७-२० , समय : १८:२५:२९ , १ वर्ष अगाडि

error: Content is protected !!