झापा एक्सप्रेस , ३४०६३ पटक हेरिएको
झापा।झापा गाउँपालिका-२ मा रहेको कुवाडीदेवी टि स्टेट प्रालिमा कार्यरत मजदुरहरुले पारिश्रमिक पाएका छन् ।
४ महिना देखिको पारिश्रमिक नपाएको भन्दै काम ठप्प पारेर आन्दोलित बनेका मजदुरहरु डेढ महिनाको पारिश्रमिक पाएसँगै हिजो बिहिबार देखि काममा फर्केका छन् ।मजदुरले पारिश्रमिक नपाएको र आन्दोलित बनेको खबर झापा एक्सप्रेस डटकम लगायत अन्य मिडियामा प्राथमिकताका साथ प्रकाशन/प्रशारण भएको थियो।
चिया मजदुरसँग वार्तामा बसेका टि स्टेटका सन्चालक सुरेश अग्रवाल र चिया मजदुर बिच हाललाई डेढ महिनाको पारिश्रमिक लिने र बक्यौता अढाइ महिनाको यही साउन भित्रमा लिने/दिने सहमती भएर मजदुर काममा फर्केको मजदुरका अगुवा जगन्नाथ पौडेलले झापा एक्सप्रेसलाई बताउनु भयो।
झापा गाउँपालिकामा रहेको यो चिया बगान करिव ३ सय विगाह क्षेत्रफलमा रहेको छ।सन्चालकले यहाँका करिव १ सय जना चिया मजदुरको पारिश्रमिक ४ महिनाले देखि नदिएको भन्दै मजदुर आन्दोलित बनेका थिए।पारिश्रमिक नपाउँदा जिविकोपार्जनमै कठिनाई भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए।
प्रकाशित मिति: २०२३-०७-२८ , समय : ०८:५१:३० , १ वर्ष अगाडि