झापा एक्सप्रेस , ७८६१३ पटक हेरिएको
झापा-झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४ सय पचास मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ साढे ७ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साईकलयात्री ईलाम मङसेबुङ गाउँपालिका- ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
लागुऔषध सहित पक्राउ परेका लिम्बुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०८-०६ , समय : ११:२७:५० , १ वर्ष अगाडि