कचनकवलमा अदुवा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

झापा एक्सप्रेस , १९७२६  पटक हेरिएको

झापा । झापाको कचनकवलमा अदुवा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ निवासी ८० वर्षीय वृद्ध नरबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो २:३० बजेको समयमा अदुवा खोलामा नुहाउन पसेका वृद्ध राईलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता बनेका उनको खोजीका लागि तत्काल सशस्त्र, नेपाल प्रहरी र स्थानीय परिचालन भएका थिए । खोजी गर्ने क्रममा उनको शव कचनकवल- १ घेराबारीको पुल नजिक साँझ ६:२० मा फेला परेको डीएसपी रिजालले बताए ।

बेपत्ता राईको खोजीका लागि कोसी प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म भद्रपुरका प्रसनि टेकवीर बिकको कमान्डमा १३ जनाको टोली उद्धार सामाग्री सहित खटिएको बताउँदै डीएसपी रिजालले भने, ‘करिब ४ घण्टापछि शव फेला पर्‍यो, शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका छौँ ।’

प्रकाशित मिति: २०२३-०८-११ , समय : ११:३०:४३ , १ वर्ष अगाडि

error: Content is protected !!