जसपाको वार -अध्यक्षमा कामती र उपाध्यक्षमा गनगाईलाई तोक्यो उम्मेदवार

झापा एक्सप्रेस , ६०३६  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा अरु सक्रिय दलहरुले उम्मेदवारी तोक्न ढिलाई गरीरहेका बेला जनता समाजवादी पार्टी झापा गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवार तोकेको छ।जसपाको झापा गाउँपालिका भेलाले अध्यक्षमा मोहितलाल कामती र उपाध्यक्षमा संगीता गनगाईलाई उम्मेदवारमा उठाउने निर्णय गरेको हो।

जसपाको आज मंगलबार बसेको भेलाले स्थानीय तहको आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको जसपाका युवा नेता गौरिमान राईले झापा एक्सप्रेसलाई बताए।उनले जसपाले यस।पालिकामा विजय हासिल गर्ने समेत दावी गरे।

‘उम्मेदवार तोक्ने जिम्मा गाउँ समिति र वडा समितिमै अधिकार निहित भएकाले हामीले यी दुई पदमा उम्मेदवार घोषणा गरेका छौ,यही निर्णयकै आधारमा पार्टीले टिकट दिनेछ राईले बताए।

झापा गाउँपालिका वडा नम्बर ४ निवासी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कामती वि.सं २०३६ साल देखि सक्रिय राजनीतिमा लागेका हुन् ।०३६ साल देखि २०६२ साल सम्म नेपाली काँग्रेसमा कृयाशिल राजनितिक गरेका कामती मधेश जन विद्रोह देखि जसपा नेपालको केन्द्रीय सदस्यमा कृयाशिल रहेका छन् ।

यता उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी गनगाई वि.स. २०६९ साल देखि संघीय समाजवादी पार्टीमा कृयाशिल भई हाल जसपा झापा गाउँपालिका समिति कि कोषाध्यक्ष रहेकी छन् ।

प्रकाशित मिति: २०२२-०३-२९ , समय : २०:२३:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!