बिरिङ खोलामा आएको बाढीले पुलमा क्षति, खुदुनाबारी–शनिश्चरे सडक अवरुद्ध

झापा एक्सप्रेस , ३७१५४  पटक हेरिएको

झापा । झापाको खुदुनाबारी–शनिश्चरे सडक खण्ड अवरुद्ध बनेको छ । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका– ७ स्थित जीर्ण बनेको पक्की पुलको पूर्व पट्टिको भाग मुनिको दुवै पंखा बगाएर क्षति पु¥याएको छ ।

जीर्ण अवस्थामा रहेको पक्की पुलको पंखामा बाढीले क्षति पु¥याउँदा पुलमाथिबाट आवागमन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पुलको दुवैतर्फ बाँसको ढाँट लगाएर सडक बन्द गरिएको छ । प्रहरी चौकी शनिश्चरेका प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा खटिएका ६ जना प्रहरीको टोलीले स्थानीयबासीसँग समन्वय गरी बाँध बाँध्ने काम भइरहेको डीएसपी रिजालले बताए ।

बिरिङमा पानीको बहाव बढेर खोलाले धार परिवर्तन गरी दक्षिणी दिशा तर्फ मोडिएर कटान गरी आउँदा पुलमा क्षति पुगेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति: २०२३-०८-१३ , समय : २०:२६:२१ , १ वर्ष अगाडि

error: Content is protected !!