मृगौला पिडीत मुर्मुलाई कारितासको सहयोग

झापा एक्सप्रेस , ३०००१  पटक हेरिएको

झापा-कारितास मिसियोको आर्थिक सहयोग तथा कारितास नेपालको आयोजना एवं झापा गाउँपालिकाको समन्वयमा संचालित सुरक्षित बैदेशिक रोजगारको प्रर्वद्धन तथा मानव बेचबिखन रोकथम परियोजनाद्धारा झापा गाउँपालिका वडा नं ७ निवासी ३२ वर्षीय प्रधान मुर्मुलाई उपचारमा सहयोग मिलोस भन्नका निम्ती २० हजार आर्थिक सहयोग गरको छ ।

मुर्मु बैदेशिक रोजगारको शिलशिलामा आठ महिना अघि २ लाख रिन गरेर लेवर भिषामा दुवई गएका थिए । काम सुरु गरेको ६ महिनामानै काम गर्न नसकेकाले चेकजाच गर्दा दुवै मृगौलामा स्टोन रहेको र अपरेस्न गर्नुपर्ने भएकाले कम्पनिले उपचारमा खर्च नगर्ने र अपरेशनमा ७ हजार दिराम लाग्ने भएकाले पैसाको जोहो गर्न नसक्दा उनी १ महिना अघि घर आई उपचार सहयोगको लागि सहयोगि खोजी रहेका छन् ।

आफ्नो आयस्रोत नभएकाले उपचार गर्न आर्थीक सहायता माग्नु परेको मुर्मुको भनाई छ ।झापा गाउँपालिका कार्हवाहक अध्यक्ष अन्जुदेवि थपलिया,वडा नं ७ का अध्यक्ष सखिचन्द ठाकुर,कारितास नेपाल प्रदेशिक प्रबन्धक देवेन्द्र पोख्रेल, परियोजना अधिकृत हिमालय अघिकारी, वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटी, फिर्ती स्वम सेवक सनातान दाशको उपस्थीतिमा सो रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : २०:२४:४६ , १ वर्ष अगाडि

error: Content is protected !!