व्यावसाय विस्तार गर्दै नमस्ते रेस्टुरेन्ट

झापा एक्सप्रेस , ४८५८४  पटक हेरिएको

दुबई– दुबईको युनियनमा रहेको लोकप्रिय नेपाली रेस्टुरेन्ट नमस्ते रेस्टुरेन्टले व्यावसायिक सफलता हासिल गर्दै नयाँ शाखा विस्तार गरेको छ ।

युएईमा मौलिक नेपाली खानाको प्रवर्द्धन गरिरहेको नमस्ते रेस्टुरेन्टले ग्राहक वर्गको चापलाई ध्यानमा राख्दै दुबईको अल रिगा मेट्रो स्टेसनमा नमस्ते रेस्टुरेन्टको नयाँ शाखा स्थापना गरेको संचालक तथा युएईको नेपाली व्यावसायिक क्षेत्रका सफल व्याक्तित्व महेन्द्र पौडेलले बताएका छन् ।

गत अगस्ट १६ बाट विधिवत रुपमा संचालन गरिएको नमस्ते रेस्टुरेन्टमा मौलिक नेपाली परिकारहरुक अलिरिक्त मम: चाउमिन, नेवारी खाना, थकाली खाना, चिकेनका आइटमहरु, जुस, लस्सी लगायत अन्य नयाँ रेसिपीयुक्त खानाहरु पाइने संचालक पौडेलले बताएका छन् ।

दुई तलामा संचालित उक्त रेस्टुरेन्टमा एकै पटक करिब १ सय २० जना ग्राहकले खाना खान सक्नेछन् । पाँच तारे होटलमा काम गरिसकेका सेफ र कुकहरुले तयार पारेका खानाका स्वादिष्ट परिकारका कारण व्यापार दिनानुदिन विस्तार भएको सन्चालक पौडेलको दाबी छ ।

सन२०११ को सेप्टेम्बरदेखि बर दुबईको केन्द्रमा रहेको नेपालीको सगरमाथा रेस्टुरेन्ट स्थापना गरी पहिलो व्यावसायिक यात्रा शुरु गरेका महेन्द्र पौडेलले अहिलेसम्म देराको युनियनमा नमस्ते रेस्टुरेन्ट, सारजाको क्रिस्टल प्लाजामा मुमताज रेस्टुरेन्ट, बर दुबई बसपार्कमा दर्शन नमस्ते रेस्टुरेन्ट सफलतापुर्वक संचालन गरिरजेका छन् ।

नेपालीको सगरमाथा रेस्टुरेन्ट, सारजाको रेस्टुरेन्ट र बसपार्कको दर्शन नमस्ते नेपाली रेस्टुरेन्टमा आफन्तहरु र केही साथीहरूको पनि संयुक्त लगानी रहेको छ भने नमस्ते रेस्टुरेन्टमा भने पौडेलको एकल लगानी रहेको छ ।

पौडेलले नेतृत्व गरेका सबै रेस्टुरेन्टहरु युएईका नेपाली ग्राहकहरुको रोजाइका केन्द्र बनेका छन् ।

युएईको नेपाली समुदायमा सफल रेस्टुरेन्ट व्यावसायीको पहिचान बनाएका लमजुङ जिल्ला जिता, बगुवाबजारका महेन्द्र पौडेल सामाजिक सेवामा पनि अग्रसर छन् । लमजुङ जिल्लाका वृद्धआश्रममा नियमित आर्थिक सहयोग गर्ने पौडेलले आफ्नो जन्मदिन लगायत नेपाल पुगेका बेला विभिन्न विध्यालयहरुमा पनि सहयोग गरिरहेका हुन्छन् ।

मनकारी व्याक्तित्व महेन्द्र पौडेललाई व्यावसायिक सफलताको शुभकामना ।

प्रकाशित मिति: २०२३-०९-०४ , समय : ०९:०९:५६ , १ वर्ष अगाडि