झापा एक्सप्रेस , ७८०७ पटक हेरिएको
शरणामती ।झापाको झापा गाउँपालिका-६ निवासी दुई दाजुभाइले झापा गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गरेका छन् ।शरणामतीमा भाडामा बस्दै आएको शरणामती आयुर्वेद औषधालयको भवन निमार्णका लागी दाजुभाइद्वय बलबहादुर भण्डारी र धनबहादुर भण्डारीले गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गरेका हुन् ।
झापा-६ भृकुटी चौकमा रहेको करिव ३९ लाख भन्दा बढी मूल्य बराबरको ३ कठ्ठा १९ धुर जग्गा आयुर्वेद औषधालय भवन निर्माणका लागी प्रदान गरेको भण्डारीका छोरा भविन्द्र भण्डारीले झापा एक्सप्रेसलाई बताए।परिवारबाटै पून्य कामका लागि अग्रसर हुने सल्लाह भएकाले जग्गादान गर्न हौसिएको भण्डारीद्वय बताउँछन् ।
जग्गादातालाई सम्मान
झापा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि जग्गादातालाई सम्मान गरेको छ। शरणामती आयुर्वेद औषधालयका व्यवस्थापन समिति संयोजक समेत रहेका वडा नं ६ का वडाध्यक्ष हरीबहादुर बानीयाँको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष जयनारायण साहले जग्गादाताले औषधालयको नाममा जग्गा पास गरेर दिएको लालपुर्जा ग्रहण गर्दै जग्गादातालाई खादा ओडाई सम्मान गरे।
साहले भवन बनाउनका लागि जग्गा प्रदान गर्ने भण्डारीद्वय तथा भण्डारी परिवारलाई धन्यवाद दिदै सो जग्गामा औषधालय भवन चाडैं बनाउने प्रतिवद्वता व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जग्गादान जस्तो पुन्यकाम समाजका लागि एक उदाहरणीय काम भएको बताए।यस्तो महान कार्यको प्रशंसा जति गरे पनि कम हुन्छ उनले भने।
मोहन मिश्रले संचालन गरेको कार्यक्रममा भण्डारी परिवार,जनप्रतिनिधी,कर्मचारी लगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति: २०२२-०३-३१ , समय : १९:३७:१४ , ३ वर्ष अगाडि