सिम्रिक सहकारीको वार्षिक इकाइगत साधारणसभा सम्पन्न (भिडियो सहित)

झापा एक्सप्रेस , ३१३४६  पटक हेरिएको

राजगढ।सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं वार्षिक इकाइगत साधारणसभा सम्पन्न गरेको छ।बाह्रदशी गाउँपालिका वडा नम्बर ३ राजगढमा रहेको सामुदायिक भवनको सभाहलमा इकाइगत साधारणसभा सम्पन्न गरेको हो।

सहकारी संस्थाका सन्चालक समिति अध्यक्ष सुबास भट्टराईको अध्यक्षता र बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारसभामा अध्यक्ष भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।गत असार मसान्त सम्मको संस्थाको कुल सम्पती २ अर्व ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँ रहेको छ।

झापा,इलाम,मोरङ र पाँचथर जिल्लामा रहेका ५० वटा सेवाकेन्द्रबाट सेवा दिइरहेको सिम्रीकका कुल ५९ हजार २ सय ६३ सेयर सदस्य रहेको भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता मेनुका नेपाल र उत्कृष्ट ऋणी निर्मला राजबंशीलाई नगद ५ हजार सहित सम्मान समेत गरिएको छ।त्यस्तै संस्थाले बाह्रदशी इकाइ अन्तरगत पर्ने राजगढ सेवाकेन्द्र र गोलधाप सेवाकेन्द्रका १२ जना सदस्यहरुलाई कुल २ लाख २७ हजार १७२ रुपैयाँ राहत रकम समेत प्रदान गरेको छ।संस्थाले क्यान्सर तथा विभिन्न रोगबाट ग्रस्त सदस्यहरु लगायत सुत्केरीहरुलाई समेत राहत रकम प्रदान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि खरेलले सिम्रीक सहकारीको वार्षिक प्रगती प्रतिवेदनको प्रशंसा गर्दै सदस्यहरु सबै मिले मात्र कुनै पनि संस्थाले प्रगती गर्न सक्ने बताउनुभयो।उहाँले सहकारीहरुले जनता लुट्न भन्ने कुरा एक अफवाह हल्ला मात्र भएको बताउनुभयो।

संस्थाका गोलधाप सेवाकेन्द्र प्रमुख सुगम बस्नेतले संचालन गरेको कार्यक्रमलाई विभागीय प्रमुख मीन बहादुर अधिकारीले स्वागत गरेका थिए।कार्यक्रममा बाह्रदशी ३ का वडाध्यक्ष टंकप्रसाद साह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : २०:०२:१० , १ वर्ष अगाडि

error: Content is protected !!