हुलाकी राजमार्गको कालोपत्रे कम क्षेत्रफलमा बनाउन खोजेको भन्दै स्थानीयले बुझाए ज्ञापनपत्र

झापा एक्सप्रेस , १७३५७  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका स्थीत हुलाकी राजमार्गमा कालोपत्रे कम क्षेत्रफल बनाउन खोजेको भन्दै यहाँका स्थानीयले झापा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।स्थानीयको समूह गएर पालिका अध्यक्ष जयनारायण साहलाई ज्ञापनपत्र बुझाएको हो।

पुर्वसर्त अनुसार झापा -२ को झापा बजार क्षेत्रमा हुलाकी राजमार्गको चौडाइ ८० फुट गरिने र कालोपत्रे पनि ८० फुट नै गरिने साथै कालोपत्रेको बिच भागमा रुख रोप्ने तय भएको स्थानीय अगुवा युवा बिकास अग्रवालले बताए।तर अहिले हुलाकी राजमार्गले कालोपत्रे ४६ फुट मात्र गर्ने योजना राखेर काम अगाडि बढाएकोले ज्ञापनपत्रद्वारा आवश्यक पहल गरिदिन गाउँपालिका लाई आग्रह गरेको उनको भनाई छ।”हाम्रो सपनामा तुसारापात भएको छ,पहिलेको सम्झौता कसरी फेरिन सक्छ? उनले गुनासो पोखे।

हुलाकी राजमार्गले झापा बजार क्षेत्रमा करिव डेढ किलोमिटर बाटो ८० फुट फराकिलो बनाएर लगेको छ।स्थानीय सँग ८० फुटनै कालोपत्रे गर्ने भनिए पनि अहिले ४६ फुट मात्र कालोपत्रे गर्ने योजना अघि सारेपछि स्थानीय चिन्तित भएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: २०२२-०३-३१ , समय : २१:१८:०४ , ३ वर्ष अगाडि

error: Content is protected !!