झापा एक्सप्रेस , ३९०३७ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका-७ मदरगाछमा रहेको नवदुर्गा मन्दिर समितिको अध्यक्षमा टिकाप्रसाद चुडाल निर्वाचित भएका छन् ।
बिहिबार दुर्गा मन्दिर परिसरमा भएको साधारणसभा तथा दोस्रो अधिवेशनले चुडालको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।उपाध्यक्षमा जगु मण्डल ,सचिवमा बासुदेव दाहाल,कोषाध्यक्षमा रुपा घिमिरे सर्वसम्मत चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा क्रमश श्यामलाल यादव,चन्द्रकला कडेल,सविता सेडाई,जानकी थपलिया र भोजराज भट्टराई चयन भएका छन् ।
नयाँ समितिको कार्यकाल दुइ वर्षको हुने बताइएको छ ।
प्रकाशित मिति: २०२३-१०-०५ , समय : १८:०७:३० , १ वर्ष अगाडि