झापा गाउँपालिका-गर्भवती महिलालाई अब नि:शुल्क भिडियो एक्स-रे

झापा एक्सप्रेस , ३४७०३  पटक हेरिएको

शरणामती।झापा गाउँपालिकामा अब गर्भवती महिलाले नि:शुल्क भिडियो एक्स-रेको सुविधा लिन पाउने भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले झापा गाउँपालिका-३ कामाटोलीमा रहेको आधारभुत अस्पताललाई भिडियो एक्स-रे मेशिन उपलब्ध गराएसँगै कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले नि:शुल्क सेवा लिन पाउने बताउनु भएको हो।

भिडियो एक्स-रे मेशिन चलाउने दक्ष प्राविधिक चाँडै व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताउनु भयो।”एक नर्शलाई भिडियो एक्स-रे चलाउन दक्ष बनाउन २१ दिनको तालिमको आवश्यकता पर्छ,यो मेसिन चलाउने दक्ष प्राविधिक चाँडै तयार गर्छौ” उहाँले भन्नू भयो।

यता कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले प्रविधिक तयार भएपछि गर्भवती महिलालाई नि:शुल्क सेवा दिने घोषणा गर्नुभएको हो।

सोमबार जिल्ला स्वास्थ्य कार्यालय झापाले ६ लाख ८९ हजार बराबरको उक्त मेशिन गाउँपालिकालाई प्रदान गरेको हो ।यसमा प्रीन्टर १ सेट , स्ट्यान्ड १सेट र जेल ५ लिटर रहेको स्वास्थ्य प्रमुख प्रेम न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-१०-१० , समय : ०७:५६:५७ , १ वर्ष अगाडि

error: Content is protected !!