झापा एक्सप्रेस , ११९६६ पटक हेरिएको
विराटनगर मोरङ्ग मुख्य कार्यालय रहेको गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीले हल्दीबारी मुख्य कार्यालय रहेको सतलोक बहुउद्देश्यीय सहकारी संस्थाको ऋणी सदस्यको पाँचलाख कर्जा वापतको रकम मिनाह गरेको छ ।
ऋणी सदस्य अमित कुमार राजवंशीको २०८० भाद्र ३० गते आकस्मिक मृत्यु भएको थियो ।राजवंशीले सहकारी संस्थाबाट लिएको पाँचलाख कर्जा मिनाह गरि काजकृया खर्च वापत रु २५,००० रुपैयाँ परिवारलाई भुक्तानी गरिएको साथै यो सुबिधा सहकारी संस्थाको सुरुंगा, बिर्तामोड र हल्दिबारी सेवा केन्द्रबाट सेवा लिन सकिने संस्थाका अध्यक्ष श्री रघुनाथ सुबेदीले जानकारी दिए। विमा दावी भुक्तानी गार्डियन माइक्रो विमा कम्पनीले विर्तामोडमा एक कार्यक्रमका विच विमा प्राधिकरण कोसी प्रदेश प्रमुख विनोद कुमार पोख्रेल, विर्तामोड नगरपालीका वडा नं ४ का वडाध्यक्ष राहुल कुमार शर्मा, गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख महेश निरौला पत्रकार ,विभिन्न सहकारीका सहकारी कर्मी लगायत संस्थाका कर्मचारी, मृतक सदस्यको परिवारविच डिजिटल माध्यमबाट मिति २०८० असोज १९ गते शुक्रबार विमा दावी २४ घण्टा भित्रमा भुक्तानी गरि संहकारी संस्थाका अध्यक्ष रघुनाथ सुबेदीलाई हस्तान्तरण गरिएको थियो ।
गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधि कोशी प्रदेश प्रमुख महेश निरौलाले कम्पनीले जुनसुकै बिमा दाबि भुक्तानी २४ घण्टा भित्रमा गरिसक्ने संस्थाको नीति रहेंको समेत जानकारी दिएका थिए । लघु बिमा कम्पनि बाट ५ लाख सम्मको बिमा गर्ने समेत गर्ने गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१०-११ , समय : १०:०५:४८ , १ वर्ष अगाडि