झापा एक्सप्रेस , ६९१२३ पटक हेरिएको
कनकाई- झापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर डटकम अनलाइन सहितको कनकाई खबर साप्ताहिकले प्रकाशन गरेको ‘कनकाई खबरको दशैं कोशेली’ लोकार्पण गरिएको छ ।
कनकाई खबरको आफ्नै कार्यालयमा एक संक्षिप्त कार्यक्रमका विच संघीय सांसद एल.पी.साँवा लिम्बूले कोशेलीको लोकार्पण गरेका हुन् । कनकाई खबरका निर्देशक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवं कनकाई खबरका सल्लाहकार सम्पादक पत्रकार तीर्थराज खरेल, ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष शम्भुप्रसाद पोखरेल, कनकाई वडा नं.३ का वडासदस्य अनिल गोयल लगायतले विजया दशमी सहितका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कनकाई खबरको कोशेली पठनीय र जानकारीमुलक रहेको बताए ।
कनकाई खबरको कोशेली लोकार्पण गर्दै संघीय सांसद साँवाले सरकारका गतिविधिसहित समय सन्दर्भ जोडेर दशैं विशेष विभिन्न महत्व दर्शाउने सामाग्री समेटिएको कनकाई खबरको दशैं कोशेली प्रकाशनकालागी अहम् भुमिका खेल्ने संचारकर्मीको टिमप्रति आभार प्रकट गर्दै थप सफलताको कामना गरे ।
समाजका अग्रज साथै साझा व्यक्तित्वहरुले समाज रुपान्तरणकालागी गरेको प्रयासलाई सार्वजनिक गर्दै कनकाई खबरले नागरिक समक्ष पुर्याउँन गरेको प्रयास अत्यन्तै महत्वपूर्ण रहेको भन्दै संघीय सांसद साँवाले आगामी दिनमा थप परिस्कृत बन्दै अघि बढ्न सुझाव दिए । पछिल्लो समय पत्रकारितामा देखिएको चुनौतीलाई समेत सहज बनाउँने प्रयासमा लागेको कनकाई खबरको टिम अन्य संचार माध्यमको तुलनामा थप व्यवसायिक बन्दै गएको भन्दै सांसद साँवाले स्वच्छ र निष्पक्ष पत्रकारिता अबको आवश्यक्ता रहेको बताए ।
कार्यक्रमको सहजीकरण गर्दै कनकाई खबरका सम्पादक \ प्रकाशक रामप्रसाद निरौलाले पछिल्लो समय विकास पत्रकारिता के हो ?यसलाई कसरी समाचारको विषय बनाउँन सकिन्छ भन्ने कुराको अभ्यास गर्ने क्रममा कनकाई खबर सधैं प्रतिवद्ध रहेको बताए ।
भौतिक संरचनाको विकासलाई मात्र नभई मानसिक रुपमा हुनु पर्ने विकासलाई पनि प्राथमिकतामा राख्नु पर्ने आजको टड्कारो आवश्यक्ता रहेको महशुस गर्दै सुचना साथै संचारको क्षेत्रमा कनकाई खबरले वार्षिक रुपमा विभिन्न गतिविधि संचालन गर्दै आएको सम्पादक निरौला बताउँछन् । छोटो समयमा प्रेस काउन्सिल नेपालको मुल्यांकनमा(क) श्रेणीमा वर्गिकृत हुन सफल कनकाई खबर साप्ताहिकले व्यवसायिक पत्रकारितामा जोड दिँदै आएको बताइएको छ ।
प्रकाशित मिति: २०२३-१०-२३ , समय : १०:३१:३९ , १ वर्ष अगाडि