झापा एक्सप्रेस , ५६६८५ पटक हेरिएको
इलामको माईजोगमाई २ खोल्मेमा दिपावाली तथा छट पर्वको अवसरमा संचालन भैरहेको लभ्ली नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।२८ वटा टिम सहभागी भएको खेलको सेमिफाइनलका खेलहरु आज सम्पन्न भएको छ ।पहिलो सेमिफाइनल खेलमा बिएफसी(BFC) गोर्खेले एससिएफ (SCF)सरसिगेलाई 0 को विरुद्ध १ गोल गर्दै फाइनलमा स्थान पक्का गरेको छ भने आजै भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक लभ्ली युवा क्लब( LOVELY YOUTH CLUB)लाई 0 का विरुद्ध २ गोल गर्दै एमवाइसी (MYC)मानेडाडा आफू उपाधी कब्जा गर्ने होडमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
BFC गोर्खेले MYC मानेडाडा सग उपाधी रक्षाका लागि मंसिर ६ गते भिडने छन। गत कार्तिक २३ गते बाट सुरुभएको फुटबल शारदा आधारभूत विद्यालय खोल्मेको खेलमैदानमा भैरहेको आयोजक समितिका सचीव सन्जिप खडकाले जानकारी दिए । खेलको पहिलो र दोस्रो संस्करण पूरा गरिसकेको क्लबले तेस्रो संस्करण समेत संचालन गरिरहेको छ। विभिन्न सामाजिक क्षेत्रमा सक्रिय क्लबले बार्षिक रुपमा दशै तिहारको अवसरमा विभिन्न खेलहरु संचालन गर्दै आइरहेकोमा यो बर्ष पनि फुटबलको आयोजना गरेको क्लबका अध्यक्ष सन्देश राइले जानकारी दिए ।
सेभेन साइडको फर्म्याटमा भैरहेको फुटबलको मुख्य आयोजक लभ्ली युथ क्लब रहेको छ । खेलको प्रथम पुरस्कार नगद ३० हजार ३ सय ३० मेडल ट्रफी र प्रमाणपत्र तथा द्रोस्रो पुरस्कार नगद २० हजार २ सय २० ट्रफी मेडल र प्रमाणपत्र रहेको सचीव खडकाले जानकारी दिए । साथै आगामी मंसिर ६ गते फाइनलमा इलाम निर्वाचन क्षेत्र नं १ का सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा विभिद सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२३-११-२० , समय : २०:५०:३६ , १ वर्ष अगाडि