झापा एक्सप्रेस , ५७२७ पटक हेरिएको
शरणामती। झापाको झापा गाउँपालिका-६ स्थित दुर्गाचोक देखी चन्द्रकित्ता जाने बाटोलाई कालोपत्रे गर्न आज शिलान्यास गरिएको छ ।
९६ लाख २३ हजार १९७ रुपैयाँको बजेटमा बन्ने उक्त सडकको कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलिया,वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापा लगायतले शिलन्यास गरेका हुन ।दुर्गाचोक देखि चन्द्रकित्ता सम्म १०५५ मिटर कालोपत्रे गरिने भएको छ।कालोपत्रेका लागि कनकाई नगरपालिका स्थित एलेक्स कन्ट्रक्सनले ठेक्का लिएको हो।
पहिलो चरणको कालोपत्रे यति गरिएपनी क्रमस हनुमान चोक सम्म ३१ सय मिटर कालोपत्रे गर्ने योजना रहेको वडाध्यक्ष नवीन किशोर थापाले बताए।
शिलान्यासकै क्रममा बाटोमा पर्ने पुलको समेत आज बिहिबारनै शिलान्यास गरिएको छ ।
प्रकाशित मिति: २०२३-१२-२८ , समय : ११:०४:५९ , १ वर्ष अगाडि