झापा एक्सप्रेस , २९०९४ पटक हेरिएको
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र ललितपुर एसएसपी सिद्धिबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’लिएका थिए। उक्त छलफलपश्चात सरकारले पण्डितलाई गृह मन्त्रालय र ललितपुर एसएसपी सिद्धिबिक्रम शाहलाई प्रहरी हेडक्वाटरमा तानिएको गृह मन्त्रालयमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सरकारले उनीहरुमाथि थप सोधपुछका लागि फिर्ता बोलाएको हो। गृह मन्त्रालयमा प्रवक्ता भट्टराईका अनुसार सातदोबाटोका डीएसपी उमेश जोशी र भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पीएओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको छ।
प्रकाशित मिति: २०२३-१२-३० , समय : १८:०७:०६ , १ वर्ष अगाडि