नामसालिङ्ग साना किसान कृषि सहकारिको पाँचौ बार्षिक साधारणसभा सम्पन्न

झापा एक्सप्रेस , ६६६८७  पटक हेरिएको

नामसालिङ्ग साना किसान कृषि सहकारि संस्था लिमिटेडले आफ्नो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । माइजाेगमाई गाउपालिका ३ र ४ नं वडामा आफ्नो संस्थाकाे कार्यक्षेत्र बनाएर काम गर्दै आएको कृषि सहकारी पाँचाै बार्षिक साधरणसभा सम्पन्न गरेको हो ।

पुस १४ गते नामसालिङ सामुदायिक विकास केन्द्र (NCDC) को सभा हल र १५ गते नेपाल ज्याेति माध्यमिक विद्यालयकाे हल मा २ दिन २ वटा वडाको साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष विमल पाैडेल काे अध्यक्षतामा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बाहादुर थेवे र उपाध्यक्ष प्रविना राई काे प्रमुख आतिथ्यता माइजोगमाई गाउपालिका ३ नं वडाका वडाध्यक्ष राम घिमिरे र ४ का वडाध्यक्ष वडा डुरन देवान काे विशेष आतिथ्यता संस्थाका सल्लाकार समितिका संयाेजक गणेश कुमार राई, लेखा समिति संयाेजक धात्रा देवि खड्का दुइटै वडाका जनप्रतिनिधिहरु , सामाजिक व्यक्तित्व , प्रहरी ,संचालक समिती,लेखा समिती,सल्लाकार समिती,अन्तर समूह संयाेजक,विभिन्न उप- समिती संयाेजक,आम शेयर सदस्य र कर्मचारि काे उपस्थितीमा संस्थाको साधारणसभा सम्पन्न भएको नामसालिङ साना किसान कृषि सहकारिका प्रवन्धक टेक प्रसाद आचार्यले जानकारी दिए । साधारण सभाकाे अवसर पारेर संस्थाले विभिन्न विधामा ६ जना शेयर सदस्य साथै ४ जना शेयर सदस्यहरूका छाेराछाेरीहरु लाई पुरस्कृत समेत गर्यो ।

संस्थाको जम्मा आय ३६ लाख ४२ हजार ९ सय ३२ ,खर्च ३३ लाख ६७ हजार ९ सय ५६ र खुद नाफा २ लाख ७४ हजार ९ सय ७५ रहेको छ भने संस्थाले २०७९/८० मा २ करोड ६२ लाख ६१ हजार ५ सय ६३ रुपैया बराबरको कारोबार गरेको छ भने शेयर पुजी अन्तर्गत १९ लाख २३ हजार ५ सय रकम रहेको र संस्थामा ४ सय ९३ जना शेयर सदस्यहरु रहेका छन । साधारणसभामा उपस्थित भएका शेयर सदस्यहरुलाई सिजन अनुसारको विभिन्न प्रकारका तरकारिका बीउ बिजन समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : १५:५७:०९ , १२ महिना अगाडि