झापा एक्सप्रेस , ६०३९० पटक हेरिएको
इलाम -माईजोगमाई गाउँपालिकाको नयाँबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शान्तिपूर्ण बिरोध सभा गरेको छ । गत शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा झडप हुँदा २ जनाको ज्यान गएको बिषयमा रास्वपाले हिजो मंगलबार शान्तिपूर्ण बिरोध सभा गरेको हो ।
नयाँबजार परिक्रमा गरेर रेडपाण्डा चोकमा कोणसभा गरेको रास्वपाले स्वदेशमै रोजगारी दे सरकार , जनता मार्न पाइदैन , जस्ता प्लेकार्ड र नाराबाजी गरेका थिए । रास्वपा माईजोगमाई गाउँ कमिटीका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा बिरोध सभा सम्पन्न भएको रास्वपा माईजोगमाई गाउँ कमिटि कार्यबाहक सभापती बिरेन निरौलाले जानकारी दिए । मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरेको थियो । आज मंगलबार नयाँबजारमा बजार लाग्ने गर्दछ सोही दिन रास्वपाले कार्यक्रम गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशैभर विरोधको कार्यक्रम गर्दै इलामको माईजोगमाईमा समेत गरेको कार्यबाहक सभापती निरौलाले बताए ।
गत शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे । यता सरकार र मृतकको परिवार बिच हिजो सोमबार चारबुदे सहमती भएको छ । सरकारले राहत स्वरुप मृतकको परिवारलाई प्रतिपरिवार १० लाख र तत्काल परिवारका सदस्यलाई रोजगारी समेत दिने भएको छ ।
प्रकाशित मिति: २०२४-०१-०३ , समय : १८:०६:५३ , १२ महिना अगाडि