झापा एक्सप्रेस , ३०३६२ पटक हेरिएको
बिर्तामोड । पहिला–पहिला मर्दको शानको रुपमा जुँगालाई लिइन्थ्यो । जुँगा नभएकालाई ‘नामर्द’ भनेर पनि खिसीट्युरी गरिन्थ्यो । पछिल्लो समय जुँगा पालेको कमै देखिन्छ । अहिले जुँगा–दाह्री पाल्ने भन्दा सफाचट बनाएर काट्ने चलन बढेको छ । जुँगा पाले पनि नयाँ डिजाइन र स्टाइलिस बनाउने गरिन्छ । तर, उहिले–पहिलेजस्तो भने जुँगा पाल्ने चलन हराउँदै गएको छ ।
तर, झापा बिर्तामोड नगरपालिका–१० शिवालय चोकका ४४ वर्षीय मेदनीप्रसाद उप्रेती जुँगाको सोखिन् हुनुहुन्छ । पाँच वर्षयता उहाँले जुँगाको स्याहार गर्दै आउनुभएको छ । जसको परिणाम अहिले उनको जुँगा १३ इञ्च लामो भएको छ । जुँगा पालेर रेकर्ड राख्ने सोच उहाँको छ । हराउँदै गएको जुँगा पाल्ने मोहलाई जीवन्त राख्न आफू लागि परेको उप्रेती बताउनुहुन्छ । उहाँको जुँगा मात्र होइन टुप्पी पनि १४ इञ्च लामो छ ।
“हरेक दिन बिहान झण्डै आधा घण्टा खर्चिन्छु”, उहाँ भन्नुहुन्छ, “जुँगा पाल्नु भनेको छोरा–छोरी हुर्काउनु जस्तै हो । यो जुँगा बनाउन मैले धेरै समय खर्चिएको छु ।”
जुँगामा स्याम्पू र कन्डीसनर प्रयोग गर्ने उप्रेतीले १३ वर्षदेखि जुँगामा ब्लेड लगाउनु भएको छैन । आफ्नो जुँगाको प्रसंसा गर्दा उहाँ हषिर्त हुनुहुन्छ रे । शुरुमा कीर्तिमान राख्ने सोच नरहे पनि बिस्तारै कीर्तिमान राख्ने इच्छा जागेको उहाँले सुनाउनुभयो ।
पेशाले उहाँ मेकानिक हुनुहुन्छ । बिर्तामोड–४ स्थित पुरानो भद्रपुर रोडमा उहाँको मोटर साइकल मर्मत गर्ने पसल छ । उहाँको जुंगा देखेर अधिकांश मानिस छक्क परेर हेर्छन् ।
प्रकाशित मिति: २०२४-०१-२४ , समय : १८:१९:५५ , ११ महिना अगाडि