सामाजिक कार्यमा अग्रसर हुँदै राष्ट्रिय युवा संघ सुर्योदय

रोशन काफ्ले , १५५२७  पटक हेरिएको

नेकपा एमाले निकट रास्ट्रिय युवा संघ नेपाल सुर्योदय नगरकमिटी पछिल्लो समय सामाजिक कार्यमा निरन्तर लागिरहेको छ ।

राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगरले लागू औषधमा फसेका युवा युवती लक्षित कार्यक्रम संचालन गरिरहेको युवा संघ नेपाल सुर्योदय नगर सचिव प्रकाश अधिकारिले बताए । युवासंघ र फिक्कल रिकभरिको संयुक्त पहलमा २ जना लागूऔषधमा फसेका युवाहरूलाई उद्वार गरि समृद्धि प्रतिस्ठान नेपाल काकडभिट्टा झापा तर्फ पठाएको जानकारी दिए ।लागुऔषधमा फसेका ती २ युवाहरुलाई युवा संघ सुर्योदय र फिक्कल रिकभरिको पहलमा निशुल्क उद्वारकेन्द्र पठाएको छ ।

निरन्तर लागू औषधमा फसेका युवा लक्षित कार्यक्रम आगामी दिनमा पनि संचालन गरिरहने र यस्तो सामाजिक रुपमा डरलाग्दो समस्या को विरुद्ध निरन्तर लागिरहने फिक्कल रिकोभरिका अमित लिम्बुले बताए ।

साथै यस्ता किसिमको समस्या को विरुद्ध निरन्तर लडिरहेने यस्तो कार्य नियन्त्रणमा सबै एकढिक्का भएर लाग्न रास्ट्रिय युवा संघ नेपाल सुर्योदय नगरपालिका अध्यक्ष उदय हाङ फागो ले आव्हान गरे।

केही दिन अगाडि सुर्योदय नगरपालिका भित्रका करिव ४० जना बेरोगार युवाहरुलाई लक्षित गरि युवा संघ नेपाल सुर्योदयनगरको पहलमा निशुल्क मोटर ड्राइभिङ ट्रेनिङ संचालन गर्यो । बुद्धशान्ती मोटर ड्राइभिङ सेन्टरको सहयोगमा बेरोजगार युवाहरुलाई निशुल्क १ महिने ड्राइभिङ ट्रेनिङ संचालन गरेको थियो भने ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न समेत सम्पन्न गरेको छ भने आगामी दिनमा महिलाहरुको लागि पार्लर ट्रेनिङ र कृषकहरुको लागि कृषि सम्बन्धि विशेष कार्यक्रम पनि ल्याएर बेरोजगारी युवाहरुलाई आत्मनिर्भर बनाउन लागि पर्ने राष्ट्रिय युवा संघ सुर्योदय नगर कमिटी सचीव प्रकाश अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०२-२८ , समय : ०९:१२:४६ , ११ महिना अगाडि

error: Content is protected !!