कनकाई माविमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले निशुल्क आँखा तथा दन्त शिवीर गर्ने

झापा एक्सप्रेस , २१४९२  पटक हेरिएको

सुरुङ्गा , १६ माघ – झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माध्यमिक बिद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले आँखा तथा दन्त शिवीर सञ्चालन गर्ने भएको छ ।

शिविरवारे जानकारी दिन अाज सुरुङ्गामा गरिएको पत्रकार सम्मेलनमा कनकाई माविका बिद्यार्थी साथै बिद्यालय परिवार लाई लक्षित गरि फागुन १७ गते र १८ गते आँखा तथा दन्त शिवीर आयोजना गरिएको अायोजक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालले जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै झापा क्षेत्र नं. ४ का सघिंय सासंद एलपी साँवा लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वास्थ्य तथा सक्षम बनाउने उदेश्यले आफुहरुको अगुवाइमा संकल्प प्रतिष्ठानले डिल्ली गौतम स्मृति प्रतिष्ठान सगँ मिलेर काठमाडौ विएम फाउण्डेशनको प्राविधिक सहयोगमा शिवीर आयोजना गर्न लागिएको बताँउनुभयो ।

कन्काइ माविका २४ सय विध्यार्थीहरुलाइ शिवीरबाट प्रत्यक्ष सेवा दिने लक्ष्य राखिएको अायोजक संस्थाका विनोद रानाले जानकारी दिनु भयो ।

प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिडं अस्पतालका अध्यक्ष डाँ बुद्दिमान श्रेष्ठ तथा आँखा रोग विषेशज्ञ डा. आरती थापाले सेवाको वारेमा जानकारी दिदै नेपालमा दन्त तथा अाँखाको समस्या गम्भिर रुपमा देखिएकोले आफुहरुले शिविर मार्फत उपचारमा सहयोग गर्दै अाईरहेको वताउनु भयो । २४ सय भन्दा वढी विद्यार्थी रहेको कनकाई माविमा दात तथा अाँखाको परिक्षण र उपचारको लागि २० जना भन्दा वढी स्वास्थ्यकर्मी दुईदिन निरन्तर खटिने कान्तिपुर डेन्टल कलेज तथा टिचिडं अस्पतालका अध्यक्ष डाँ बुद्दिमान श्रेष्ठ बताउनुभयो । तेस्तै परिक्षणमा गम्भीर समस्या भएको भेटिएमा उपचारको लागि नजिकका अस्पतालसंग सहजिकरण गरिने पनि डा. श्रेष्ठले जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनमा झापा क्षेत्र नं. ४ का सघिंय सासंद एलपी साँवा लिम्बू , डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल , कनकाई माविका सन्चालन समिति अध्यक्ष चन्द्र प्रसाईं , डा. बुद्दिमान श्रेष्ठ , आँखा रोग विषेशज्ञ डा. आरती थापा लगाएतको उपस्थित रहेको थियोे ।

प्रकाशित मिति: २०२४-०२-२८ , समय : २०:५६:२७ , १० महिना अगाडि