बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयले मनायो फरक तरिकाले अभिभावक दिवश

झापा एक्सप्रेस , ३९०५९  पटक हेरिएको

झापाको कनकाई नगरपालिका ५ स्थित बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयले फरक तरिकाले आफ्नो अभिभावक दिवश मनाएको छ ।

विद्यार्थीहरुले आ-आफ्ना बर्षभरि गरेका क्रियाकलापलाई आफ्ना अभिभावकसामु पेश गर्र्दै अभिभावक दिवश मनाएका हुन ।उनीहरुले आफ्नो सामाजिक विषय अन्र्तगतको पानी शुद्धिकरण देखि लिएर देशमै भयानक अवस्थामा रहेको सवारी दुर्घटना र यसको न्यूनीकरण, कनकाई नगरपालिका र झापा गाउँपालिकाको धार्मिक तथा सामाजिक अवस्था, लागुऔषध दुव्यर्सनी देखि लिएर विभिन्न सास्कृतिक प्रस्तुति कराते लगायातका क्रियाकलापहरुलाई वृतचित्रका माध्यमबाट अभिभावकसामु प्रस्तुत गरिएको थियो ।

विद्यालयका सहायाक पिन्सिपल रघुनाथ तिम्सिनाले स्वागत गर्दै आफ्नो विद्यालयले किताबी ज्ञानभन्दापनि विद्यार्थीलाई व्यावहारिक ज्ञानसीपलाई समेत आधार मानेर विद्यालयले शिक्षा प्रदान गरिरहेको बताउनुभयो । विद्यालय अभिभावक संघका अध्यक्ष दिपक ढुङ्गेलको सभापतित्व तथा विद्यालयका अध्यक्ष प्रेमप्रसाद बिमलीको प्रमुख आतित्यतामा आयोजिक कार्यक्रममा विद्यार्थीहरुले व्यावहारिक ज्ञान हासिल गर्नका लागि आलुखेती समेत गरेको र यसको आयव्यय सार्वजनिक गरिएको थियो । भने स्थानीय क्षेत्रमा हुने गरेको कृषि उत्पादनका वारेमा समेत जानकारी विद्यार्थीले गराइएको थियो । विद्यालयका पिन्सिपल विनोद सुब्बाले विद्यालयले खेलकुद र सास्कृतिक मात्रै मात्रै नभएर सबै व्यवहारिक ज्ञानसीपमा आधारित भएर शिक्षा प्रदान दिने गरेको बताउँनुभयो ।

कार्यक्रममा अभिभावकहरु हेमकर्ण अधिकारी, यामनाथ बिमली लगायातले विद्यालयले प्रदान गरिरहेको शिक्षाले जिविकोपार्जनमुखी शिक्षा भएको बताउँनुभयो ।

प्रकाशित मिति: २०२४-०३-०४ , समय : ०७:२०:४२ , १० महिना अगाडि