हल्दिबारीमा किशोर किशोरीहरुलाई आत्मरक्षा तालिम

झापा एक्सप्रेस , १३७१३  पटक हेरिएको

हल्दिबारी – झापाको हल्दिबारी गाउँपालिकामा किशोर किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ .गाउँपालिकाका ४ विद्यालयमा अध्यययन करिव ५०० विद्यार्थीहरुलाई सो तालिम दिइएको हो .

मर्यादा फाउन्डेसन नेपालको आयोजनामा सामूदाय प्रहरी साझेदारीको समन्वय र हल्दिबारी गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो.

लैंगिक हिँसा केहो र यसबाट बच्न के गर्ने भन्ने बारे मावि तहका किशोर किशोरीहरुमा सचेतना दिएइएको कार्यक्रम संयोजक मुना तिवारीले बताउनूभयो .

कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले गर्नुभएको थियो.त्यस्तै दुइ सदस्यीय महिला प्रहरी टोलीले आत्मरक्षाका विधीहरुको डेमो दिनुभएको थियो .

यस्ता कार्यक्रमले विद्यार्थीको चेतनाको अभिबृदी गर्ने भएकाले कार्यक्रम राम्रो भएको हल्दिबारी-४ स्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी काफ्लेले बताउनु भयो .

हल्दीबारी-२ स्थित हल्दिबारी मावि,हल्दिबारी -१ स्थित जनजाग्रीती मावि ,हल्दिबारी -३ स्थित लक्ष्मी मावि र हल्दिबारी-४ स्थित महेन्द्र माविका कुल करिव ५०० विद्यार्थीहरुलाई आत्मरक्षा बारे सचेतना दिइएको थियो .

प्रकाशित मिति: २०२४-०३-०६ , समय : २०:२९:५७ , १० महिना अगाडि

error: Content is protected !!