झापा एक्सप्रेस , १६०५४ पटक हेरिएको
झापाको कनकाई नगपालिका ४ स्थित कनकाई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाले घाटको विविध विषयमा सर्वपक्षीय छलफल गरेको छ ।
संस्थाले शनिवार कोटिहवन स्थित कर्मयोग भवनमा एक कार्यक्रम गरी संस्थाका समस्या साथै योजना लगायतका विषयमा सरोकारवालाहरु संग छलफल गरेको हो ।
कार्यक्रममा हाल घाट परिसरमा भईरहेको पानीको समस्या , सौचालयको समस्या , ४ लेन्डको एसियन मार्ग विस्तार हुदै गर्दा हुने हाल गर्दै अाएको दाउरा घाट गद्दीको समस्या , मलामी मार्गको समस्या , मलामी विश्राम स्थलको समस्या , संस्था द्वारा सन्चालनमा ल्याईएको पसल ब्यवस्थापनको समस्या साथै सार्वजनिक जग्गा अतिक्रमणको समस्या , फलहार घर निर्माण र अागामी दिनमा गर्नु पर्ने कामका बिषयमा छलफल भएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथि कनकाई नगरपालिकाका उपप्रमुख अाशा शर्मा शिवाकोटीले सबैले एकदिन जानुपर्ने ठाउँ यहि भएकोले घाट जस्तो क्षेत्रमा देेखिएको समस्या समाधान गर्दै यसकको संरक्षणमा एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले नगरले यस क्षेत्रको समस्या समाधानको लागि पहल गर्ने वताउनु भयो ।
कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईं , कनकाई नगरपालिका ४ का वडा अध्यक्ष रोसन सुवेदी संस्थाका संस्थापक अध्यक्ष प्रभाखर कडरिया , नेकपा एमालेका तर्फवाट राजेन्द्र उप्रेती , राष्ट्रिय स्वतन्त्र पाटीको तर्फवाट रमेशचन्द्र मैनाली , नेकपा माअोवादी केन्द्रबाट यमनाथ सेडाई , सञ्चार कर्मी सिएम शर्मा ज्येष्ठ नागरिक संघबाट डिल्लीराम पाठक , संस्थाका लेखा संयोजक नरेन्द्र फुुयाल लगायतले उठेका समस्या र समाधानको बारेमा अाअाफ्नो धारणा राख्नु भएको थियो । धारणा प्रस्तुत गर्ने क्रममा अधिकांसले पहिले घाट क्षेत्रको जग्गा छुट्याएर दिगो गुरुयोजना वानाएर समस्या समाधान तर्फ लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
छलफलमा बोल्दै कनकाई ४ का वडा अध्यक्ष सुवेदीले घाट स्थापनाको अवस्थामा नदि जति उचाइमा थियो हाल त्योभन्दा १५ फुट गहिरिएर गएकोले घाट क्षेत्रमा पानीको समस्या भएको र हाल घाट र नगरपालिकाको पहलमा कृतिम ढंगबाट यसको समाधान हुदै अाएको भएपनि गुरुयोजना वनाएर दोमुखा क्षेत्रबाटै पानी ल्याउन पहल गर्न पर्ने वताउनु भयो । घाट क्षेत्रको जग्गाको विषयमा कुरा राख्दै सुवेदिले क्षणीक स्वार्थको लागी घाट जस्तो क्षेेत्रमा कसैले पनि राजनिती नगरी पवित्र मनले काम गर्ने हो भने जग्गाको बिषय पनि टुङ्गीने र दिगो योजना ल्याएर काम गर्न सकिने वताउनु भयो ।
संस्थाका अध्यक्ष वेदप्रकाश अग्रवालले घाट क्षेत्रमा देखीएका समस्या हरुको दिगो समाधानका लागी भएको छलफलमा सहभागी सबैलाई धन्यवाद दिदै छलफलमा उठेका बिषयलाई साधारण सभामामा लगी बृहत् क्षलफल गरी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी गराउनु भयो ।
संस्थाका कोषाध्यक्ष तथा सुचना अधिकारी गोपाल खरेलले छलफलका एजेन्डा प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत संस्थाकी सदस्य अम्बिका खरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव नारायण प्रसाद अोलीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-०३-२३ , समय : १९:१४:५९ , १० महिना अगाडि