बाह्रदशीमा होली मिलन कार्यक्रम

झापा एक्सप्रेस , १९९३१  पटक हेरिएको

११ चैत्र २०८०, आइतवार
झापाको बाह्रदशीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। मैथिल महिला समाज बाह्रदशीले होलि मिलन कार्यक्रम सम्पन्न गरेको हो। ११ गते आईतवार राजगढ सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न भएको हो।

मैथिल महिला समाज बाह्रदशीकी अध्यक्ष गायत्रि शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई रहनुभएको थियो। अमिता महतोले स्वागत गर्नुभएकाे कार्यक्रममा नन्द कुवरले होली पर्वको महिमा बारेमा प्रष्ट पार्नुभएको थियो । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली, पहाडी क्षेत्रमा आईतबार र तराई क्षेत्रमा सोमबार परेको छ ।

कार्यक्रममा प्रमुख अतिथि चम्लागाईले पानसमा दियो बालेर उद्धघाटन गर्नुभएकाे थियो । गाउँपालिका उपाध्यक्ष सान्ता देवी खरेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थितिहरूबिच एक आपसमा रङ्ग दलेर खुशी साटासाट गरिएको थयो। बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार रहेको छ ।

अघिल्ला बर्षहरू भन्दा यस पटकको होली मिलन कार्यक्रम भव्य र सव्य रूपमा सम्पन्न भएकोमा प्रमुख अतिथि चम्लागाईले मैथिल महिला समाजलाई बधाई दिदै आगामि कार्यक्रमहरूमा पनि पालिकाको तर्फबाट पूर्ण सहयोग रहने धारणा राख्नुभएको थियो । साथै भर्खरै गठन भएको नव मैथिल समाज बाह्रदशी समितिलाई सफल कार्यकालकाे शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, उपाध्यक्ष सान्ता देवि खरेल, भगिरथ पोदार, तिला अधिकारी, ओमप्रकाश गौतम, दयानन्द गोश्वामी, भिम बाहादुर कार्की, राम प्रसाद दुलाल, रविना ढकाल, रत्ना कुमारी राजवंशी, खगेन्द्र कार्की लगायतले होली पर्व र यसकाे महिमाको वर्डन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पिङ्कि शाहले संचालन गर्नुभएको कार्यक्रममा मैथिल समुदायका साथै अन्य समुदायका मानिसहरूको बाकलो उपस्थिति रहेको थियो ।

होलीको अवसरमा क्षेत्र अनुसार सरकारले सार्वजनिक बिदा समेत दिएको छ । विगतकाकेहि वर्षहरूमा कोभिड संक्रमणले खुम्चिएको होली यस वर्ष भने विशेष उल्लासका साथ माईएको हो । होली पर्व एकआपसमा सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वको रूपमा लिइन्छ ।

पछिल्लो समयमा सामूहिक रूपमा होलि बिशेष कार्यक्रमहरूको आयोजना गरेर होली मनाउने प्रचलन बढ्दै आएको छ । होलीको लागि सेतो टिसर्ट लगाएर थरिथरीका रङहरू एक आपसमा दलेर खुशी साटासाट गर्दै होली मनाईने गरिन्छ। सेतो टिसर्टमा सबै प्रकारका रङहरू देखिने भएकाले टिसर्ट लगाउने गरिन्छ ।

प्रकाशित मिति: २०२४-०३-२४ , समय : १९:१२:३२ , ९ महिना अगाडि