“गजल” – हेर्नू पर्यो ऐना किन आफुलाई हेर्न?

झापा एक्सप्रेस , २०१३०  पटक हेरिएको

“गजल”

हेर्नू पर्यो ऐना किन आफुलाई हेर्न?
तिम्रो नयन छदैछ नि उपमा फेर्न ।

बरु नजर अन्तै जाओस केही पिर छैन
अन्तरमनले खोजिरहन्छ तिमिलाई नै बेर्न।

फाटेको छ भने भन मनै सिलाइदिम्ला
सिलाको मन आफैले नै के सकुला केर्न?

नसम्झिन तिमिलाई सम्झिनु नै पर्छ
सम्झेपछि तिमीलाई थाल्छ मातले घेर्न।

 

प्रतिक ढकाल

प्रकाशित मिति: २०२४-०३-३१ , समय : २१:०५:२४ , ९ महिना अगाडि

error: Content is protected !!