लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै

झापा एक्सप्रेस , २९९०३  पटक हेरिएको

कनकाई- मानिसको स्वास्थलाई ध्यानमा राख्दै यहाँस्थित लियो क्लव अफ कनकाई सुरुङ्गाले आगामी बैशाख १० गते सोमवारका दिन सुरुङ्गामा मिनि म्याराथुन गर्ने भएको छ ।

प्रतियोगिताको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक समितिले जानकारी गराएको छ । सुरुङ्गा चौक झापा रोडबाट चारआली चौक हुदै पुन सुरुङ्गा चौकसम्म गरि जम्मा ७ किलोमिटरको मिनि दौड रहने पत्रकार सम्मेलनमा लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रोहन चौधरीले बताउँनुभयो । सुरुङ्गा चौक, दिव्यरत्न मावि हुदै चारआली चौक हुदै सुरुङ्गा चौकमा आएर पुरा हुने दौडमा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने र सहभागि हुुने पहिलो ५० जनालाई म्याराथुन जर्सी समेत उपलब्ध गराइने मिनि म्याराथुन समितिका संयोजक रोषन प्रसाईले पत्रकार सम्मेलनमा बताउँनुभयो ।

पत्रकार सम्मेलनमा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल लगायातले लियोले मानिसको स्वास्थ्यसग सम्बन्धित भएर म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको भन्दै धन्यावाद ज्ञापन गर्नुभयो ।

मिनि म्याराथुन यसै बर्षदेखि सुरु गरिएको र यसमा १६ बर्ष माथिका सबैले सहभागि हुन पाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । दौडका लागि कुनै दस्तुर नलाग्ने र सोहि दिन विहान ७ बजेदेखि दौड सुरु गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति: २०२४-०४-१८ , समय : २१:३६:५१ , ९ महिना अगाडि

error: Content is protected !!