झापा गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

झापा एक्सप्रेस , ४५४७९  पटक हेरिएको

झापा– झापाको झापा गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका गोपीकृष्ण पराजुलीलाई (मा.वि तृतीय तह) निमित्त प्रधानाध्यापक तोकिएको पत्र कार्यान्वयन नगराउनु भनी उच्च अदालत इलाम इजलासले अल्पकालिन आदेश जारी गरेको छ।

माननीय न्यायाधीश किरण पौडेलको एकल इजलासले झापा गाउँकार्यपालिकाको कार्यालयलाई विपक्षी बनाइ दिएको रिट निवेदनमा बहस सुनिसकेपछी सो फैसला गरेको हो।

सम्मानित अदालतले रिट निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा दुबै पक्ष राखी छलफल गरि अन्तरिम आदेशको निष्कर्षमा पुग्न यही बैशाख २४ पेशी तोकेर सो २४ गते सम्मका लागी झापा गाउँकार्यपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका गोपीकृष्ण पराजुलीलाई (मा.वि तृतीय तह) निमित्त प्रधानाध्यापक तोकिएको पत्र कार्यान्वयन नगराउनु भनी अल्पकालिन आदेश जारी गरेको हो।

साथै सम्मानित उच्च अदालतले यसमा के कसो भएको हो? निवेदकको निवेदन माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने कुनै अधार र कारण भए सोको सबुद प्रमाण समेत संलग्न राखी १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनेको छ।

यस अघि झापाको झापा गाउँपालिका-४ स्थित डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्तालाई झापा गाउँपालिकाले पदबाट हटाएको थियो।गुप्तालाई पदबाट हटाउदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रअ गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको थियो।

प्रअ गुप्ताका विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिल्लिराज माविका विषयमा १६ बुँदे उजुरी हालेका छन।जसमा २०७६/०७७ पछि विरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापक भएपछी कयौं कुराहरुमा अनियमितता भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०२४-०४-२९ , समय : १७:१८:२७ , ८ महिना अगाडि

error: Content is protected !!