२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा कसले कति मत प्राप्त गरेका थिए?

झापा एक्सप्रेस , ११७६३  पटक हेरिएको

शरणामती।२०७४ सालको स्थानीय तहको निर्वाचनमा झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेसले दुई वटा वडा जित्दै गाउँपालिका प्रमुखको पदमा विजयी हासिल गरेको थियो।

नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले ४३९३ मत ल्याएर विजयी बनेका थिए।त्यस्तै उनका प्रत्यासी उम्मेदवारहरु नेकपा एमालेका गजेन्द्र ताम्ली लिम्बुले ३७८९ मत,नेकपा माओवादी केन्द्रका रुद्र बजगाईंले ३४९९ मत,मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का प्रभु नारायण यादवले ६०४,स्वतन्त्रबाट मनोज कुमार राजबंशीले २६ मत र स्वतन्त्रकै अर्का उम्मेदवार मोहन कुमार बस्नेतले ७ मत ल्याएका थिए।

त्यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेकी कुन्तीदेवी बुढाथोकी ३८१६ मत ल्याएर विजयी हुँदा अन्य दलका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी बसुन्धरा थपलियाले ३५७६ मत,संघीय समाजवादी फोरम नेपालका गौरीशंकर राजबंशीले २७१४ मत,राप्रपाकी सुशीला केसीले २९० मत र स्वतन्त्रबाट पौलुस सोरेनले ६१ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: २०२२-०४-०५ , समय : २०:४५:१४ , ३ वर्ष अगाडि

error: Content is protected !!