झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते

झापा एक्सप्रेस , ५४३५६  पटक हेरिएको

झापा-लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो झडप भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते हुनेमा करिब ३२ वर्षका अबदुल रसिद मियाँ रहेका छन्। उनकाे दाइने खुट्टामा गाेली लागेकाे बताइएकाे छ।६ राउन्ड फायर गरिएकोमा उनको खुट्टामा कति गोली लाग्यो यकिन हुन सकेको छैन

झापा गाउँपालिका वडा नम्बर ३ स्थित कामाटोलीमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी नायब निरिक्षक बालकृष्ण संजेलको टोलीले गोली चलाएको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको, तैपनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए। 

पक्राउ परेका कारोबारीबाट एक सय ३० ग्राम खैरो हेरोइन र एक थान खुकुरीसमेत बरामद भएको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: २०२४-०४-२९ , समय : १९:२४:०७ , ८ महिना अगाडि

error: Content is protected !!