झापा एक्सप्रेस , २४२१७ पटक हेरिएको
झापा –प्रहरीले चालू आर्थिक वर्षमा ३५३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । झापा जिल्ला अदालत झापाको फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट फरार अभियुक्तलाई पक्राउ गर्दै अदालत बुझाएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
पक्राउ परेका उनीहरूबाट एक सय ४१ वर्ष ६ महिना २ दिन कैद र चार करोड ४० लाख बयानब्बे हजार दुई सय रुपैयाँ बिगो जरिवाना असुल हुने बताइन्छ । गत फागुन ६ गते यता मात्रै प्रहरीले ६६ वर्ष ४ महिना ३ दिन कैद र बयालिस लाख छयालिस हजार एक सय सन्तानब्बे रुपैयाँ बिगो जरिवाना कायम भएका एक सय ८८ जना फरार अभियुक्तलाई पक्राउ गरेको डीएसपी चन्दले बताए ।
प्रकाशित मिति: २०२४-०५-०६ , समय : २०:३१:४२ , ८ महिना अगाडि