आफुलाई भोट गरेर फाइनालिष्ट बनाउन कन्यामका बिजयको आग्रह

रोशन काफ्ले , ५१५९३  पटक हेरिएको

इलाम – इलाम जिल्लाको पर्यटकीय नगर सूर्योदय नगरपालिका वडा नं ६ कन्याम फाजिगाउँमा २०५३ सालमा बुवा डिल्लिराम लुइँटेल र आमा टीकादेवी रिजालको कोखबाट कान्छा छोराको रुपमा जन्म लिएका बिजय लुइटेल यतिबेला नेपालको कविता लेखन विधाको चर्चित टेलिभिजन रियालिटी सो द पोएट आइडल सिजन २ को टप ६ मा छानिएका छन ।

देशभरिबाट थुप्रै प्रतिस्पर्धिहरुलाई उछिन्दै गत हप्ता लुइँटेल टप ६ मा सुरक्षीत भएका छन । सानै उमेरबाट कविता लेख्न रुचि भएका लुइँटेलले धेरै कविताहरु लेखेको बिजयका दाजु बेदु लुइँटेलले बताए । ५ कक्षामा पढ्दा देखि कविता लेख्ने गरेका लुइँटेलले गत साल ” समयका खुकुला चप्पल ” नामक कविता संग्रह समेत निकालेका छन ।

इलाम कन्याम घर भएका लुइँटेल अहिले काठमाडौमा नै बसेर पाटन कलेजमा रुलर डेभलपमेन्ट बिषयमा मास्टर्स गरिरहेका छन । आफुले कविता बाहेक कथा र यात्रा संस्करणहरु समेत लेख्ने गरेको बिजय बताउँछन ।टप ६ मा पुगे सगै मंगलबार राती १० बजे देखि आगामी शुक्रबार मध्याह्न १२ बजे सम्म भोटिङ खुल्ला रहने र भोट गर्न सकिने कवि लुइँटेलले बताएका छ्न् ।

हिमालय टेलिभिजन बाट प्रत्येक सोमबार र मंगलबार राती ९ बजेबाट र Osr digital को युटुब च्यानलबाट प्रसारण भै रहेको कार्यक्रममा आफुलाई अघिल्लो चरणमा भोट गरि सहयोग गर्नु हुने सम्पूर्ण साहित्यप्रेमी सर्जक श्रोता दर्शकहरुलाई धन्यवाद दिदै पुनः टप ६ बाट फाइनल राउन्डमा भोट गरेर अगाडि बढन सहयोग गरिदिनुहुन सम्पूर्ण इलाम बासी तथा साथिभाईहरुलाई सामाजिक संजालबाट आग्रह गरेका छन् ।

कवि लुइँटेलले हिजोको शृङ्खलामा वेष्ट लाईन अफ द विक जिते सगैँ तेस्रो पटक वेष्ट लाइन र एक पटक प्रफमर अफ द विक जितिसकेका छन अबको राउन्डमा दुई जना बाहिरिदै फाइनालिष्ट चार जना छानिने छन ।

कविता लेखनबाट आफ्नो ठाँउलाई अझ चिनाउन लागि पर्ने बिजयले बताए ।बिजय लुइँटेलको प्रस्तुती आगामी राउन्डमा समेत हेर्न चाहाने साहित्य प्रेमी दर्शक आफन्त साथिहरु लगायत कवि लुइँटेललाई मनपराउने सम्पूर्णले भोट गर्ने तरिका:-

1. App store बाट OSR connect application download गर्ने ।
2. app खोलेर menu मा देखिएको Poet Idol भित्र जाने ।
3. Bijaya Luitel को profile मा select गर्ने ।
4. भोट गर्ने रकम छान्ने ।
5. ईसेवा अथवा खल्ती एपबाट रकम बुझाउन सकिने छ ।

प्रकाशित मिति: २०२४-०५-०८ , समय : १३:४९:१६ , ७ महिना अगाडि