झापा एक्सप्रेस , ५२७५९ पटक हेरिएको
झापाको झापा गाउँपालिकामा १० औं विश्व मानव बेचविखन विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव बेचबिखनको लडाईमा कुनै बालबालिकालाई पछी नछोडु भन्ने मूल नाराको साथ विश्व मानव बेचविखन विरुद्धको १० औँ दिवस मनाइएको हो ।
मिसियो जर्मनीको सहयोग साथै झापा गाउँपालिका,इलाका प्रहरी कार्यालय कुमरखोद र कारितास नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक ¥यालीसमेत निकालेको थियो ।कार्यक्रमको सहकार्य झापा बजार व्यवस्थापन समिति,पिछडा उत्थान कृषी सहकारी ,जोरमाई युवा क्लब र मझौला कृषि सहकारीले गरेका थिए .
कारितास नेपालका कार्यक्रम अधिकृत विपिन घिमिरेको अध्यक्षता र झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि थपलियाले झापा गाउँपालिका मानवबेचबिखन विरुद्वको अभियानमा रहेकोले कसैको प्रलोभनमा नपर्न आग्रह गर्नुभयो .
कारितास नेपालका बरिस्ट सामाजिक परीचालक बिबेक सिवाकोटीले संचालन गरेको कार्यक्रमको स्वागत झापा गाउँपालिकाका रोजगार शाखा प्रमुख राजु उरावले गर्नुभएको थियो .
प्रकाशित मिति: २०२४-०७-२९ , समय : २०:११:१५ , ६ महिना अगाडि