झापा एक्सप्रेस , २१७९१ पटक हेरिएको
झापा .झापाको झापा गाउँपालिका वडा नम्बर ४ जन्मथलो रही हाल अमेरिका बसोबास गर्ने बिशाल भारतीको परिवारले एक नवजात शिशुको उपचारमा आर्थिक सहयोग गरेको छ .झापा-४ स्थित दिपक कार्कीको नवजात शिशुको उपचारका लागी भारती परिवारले नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो .
बच्चा जन्मने बितिकै निमनियाले ग्रस्त भएपछी बच्चाको उपचारमा आर्थिक अभाव भएको थियो .निमनियाले ग्रस्त भएपछी विपन्न परिवारका कार्कीको उपचारमा भारती परिवारले आर्थिक सहयोग गरेको स्थानीय अगुवा गोपाल खत्रीले बताउनुभयो।
शिशु जन्मने बित्तिक्कै आइसियुमा राखेको खबर पाउने बित्तिकै सहयोग रकम पठाएको विशाल भारतीका दाजु राजुजंग भारती बताउनुहुन्छ ।
शिशु जन्मने बित्तिकै निमोनिया भएर लाइफ लाइनमा भर्ना गरिएको थियो।त्यहाँको उपचारले सम्भव नभएपछी बिराटनगर लगिएको थियो।शिशुको उपचारमा करिब ९० हजार खर्च भएको छ।भारती परिवार लगायत गाउँका स्थानीयले सहयोग रकम संकलन गरेर हाल शिशुको स्वास्थ्यमा सुधार भएको परिवारले बताएको छ।
भारती परिवारले यस अघि पनि झापा गाउँपालिकामा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२४-०८-१२ , समय : १८:१७:११ , ५ महिना अगाडि