झापा एक्सप्रेस , १२१७३ पटक हेरिएको
झापामा प्रतिबन्धित लागू औषधसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड नगरपालिका- १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति साढे ९ बजे बिर्तामोड- १ स्थित पश्चिम बस स्ट्यान्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-१९ , समय : २०:३०:५० , ४ महिना अगाडि