कोलकाता डाक्टर हत्या प्रकरणः सञ्जय रायको पोलिग्राफी परीक्षण

झापा एक्सप्रेस , ३०३१२  पटक हेरिएको

सीबीआईले भारतको कोलकाता डाक्टर हत्या प्रकरणमा सञ्जय रायको पोलिग्राफी टेस्ट गर्ने तयारी गरेको छ । यो परीक्षणलाई मनोवैज्ञानिक परीक्षण भनिन्छ। यसबाट अपराधीको मनोविज्ञान खुल्छ । यस प्रकारको परीक्षणमा सीबीआईका केही डाक्टरहरूको सीएफएसएल टोलीले पोलिग्राफी परीक्षण गर्छन।सीबीआईले कोलकाता हत्याकाण्डमा सञ्जय रायलाई केही प्रश्न पनि सोध्नेछ। भारतीय मिडियाका अनुसार सीबीआईले आइतबार रायको मनोवैज्ञानिक परीक्षणको प्रक्रिया सुरु गरेको थियो ।

यसका लागि सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरी (CFSL) का पाँच विज्ञको टोली पनि कोलकाता पुगेको छ। विज्ञहरूले रायलाई केही प्रश्न सोध्ने छन्, जसका लागि प्रश्नहरूको सूची तयार पारिएको छ, यो परीक्षणलाई मनोवैज्ञानिक परीक्षण पनि भनिन्छ । यसले अभियुक्तको मनमा के चलिरहेको छ भन्ने देखाउँछ।यस परीक्षणका लागि सीबीआईलाई कुनै पनि प्रकारको अदालतको अनुमति चाहिँदैन, तर महत्त्वपूर्ण कुरा यो हो कि यो परीक्षण र यो परीक्षण पछि, ब्रेन म्यापिङ, लाइभ डिटेक्टर, नार्को परीक्षण अदालतको अनुमतिमा गर्न सकिन्छ।

यस परीक्षणमा सीबीआईले सञ्जय रायको आवाजलाई लेयर्ड भ्वाइस एनालिसिस अर्थात् झूट पत्ता लगाउने यन्त्रमा राख्छ र सोही आवाजबाट सोधिएको प्रश्नको जवाफ दिँदा अभियुक्तले सत्य बोलिरहेको छ कि छैन भनेर थाहा पाउन सक्छ । अब यस्तो अवस्थामा सीबीआईले अभियुक्तलाई के प्रश्न सोध्छ, त्यो हेर्नु पर्ने हुन्छ, किनकि सिंगो देश अब त्यो क्षणको पर्खाइमा छ जब आरोपीलाई कडा भन्दा कडा सजाय हुन्छ ।

यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो। सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिए पनि अहिलेसम्म सोही अस्पतालमा खटिएका सञ्जय राय नाम गरेको एक स्वयंसेवक प्रहरीलाई मात्रै गिरफ्तार गरिएको छ।

पश्चिम बंगाल सरकारको प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै उच्च अदालतले मुद्दा हेर्ने जिम्मा प्रहरीको केन्द्रीय जाँच ब्युरो-सीबीआइलाई दिएको छ।

पीडितको शव परीक्षण रिपोर्टमा चरम यातना र निसास्सिएर उनको मृत्यु भएको उल्लेख गरिएको भारतीय समाचार माध्यमले जनाएका छन्। बलात्कारपछि घाँटी अँठ्याएर उनको हत्या गरिएको आंशका गरिएको छ। रिपोर्टमा उनको टाउको, गाला, ओठ, नाक ,देब्रे हात, देब्रे काँध, घुँडा, गुप्ताङ्गलगायत थुप्रै अङ्गमा चोट लागेको उल्लेख छ।

यसैगरी फोक्सोमा रक्तस्राव भएको र शरीरका अन्य भागमा रगत जमेको पाइएको उल्लेख गरिएको छ। यसअघि सन् २०१२ मा दिल्लीमा एउटा गुडिरहेको बसमा एक २३ वर्षीया विद्यार्थी निर्भयामाथि भएको सामूहिक बलात्कार र हत्याको घटनापछि भारतमा भएको बलात्कार र हत्याको यो अर्को ठूलो घटना हो।

प्रकाशित मिति: २०२४-०८-२० , समय : १९:०४:४५ , ४ महिना अगाडि

error: Content is protected !!